चितवन ३ मा एमालेले कांग्रेसका बागी उम्मेदवारलाई समर्थन गर्यो

चितवन – नेकपा एमालेले चितवन क्षेत्र नं ३ मा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ ।क्षेत्र नं ३ मा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दिनुभएको थियो । उहाँको उम्मेदवारी अन्तिम समयमा पार्टीले नै पत्र पठाएर फिर्ता लिँदै कोइरालालाई समर्थन गर्ने निर्णय भएकाे हो । चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको छ ।चितवन–३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. ...

सम्बन्धित सामग्री

चितवन–३ बाट राप्रपाका बिक्रम पाण्डे निर्वाचित

९ मंसिर, चितवन । चितवन–३ बाट प्रतिनिधिसभामा राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डे निर्वाचित भएका छन् । उनले ३४ हजार ३६२ मत ल्याएर चुनाव जितेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २४ हजार ६७१, राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ७७९, कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले १२ हजार ५७ मत पाए […]

चितवन ३ मा अग्रता बढाउँदै विक्रम पाण्डे, घन्टी दोस्रो स्थानमा

काठमाडौँ – चितवन क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायमै राखेका छन्। २१ हजार ६९४ मत गन्दा पाण्डेले ६७११, राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले ५०३९, माओवादी केन्द्रका डा. भोजराज अधिकारीले ४७४७ र कांग्रेसका बागी दिनेश कोइरालाले ३५८७ मत पाएका छन्।

चितवन ३ मा कांग्रेसका बागी अगाडि

चितवन निर्वाचन क्षेत्र ३ को प्रारम्भिक नतिजा आउँदा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । नेपाली कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा माछा चुनाव चिन्हबाट उम्मेदवार बनेका दिनेश कोइरालाले  ११६० मत गन्दा...

चितवन ३ मा कांग्रेसका बागी उम्मेदवार कोइरालाले गरे मतदान

चितवन क्षेत्र नम्बर ३ मा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले मतदान गरेका छन् ।

कांग्रेस र एमाले दुबैको उम्मेदवार नहुँदा बिक्रम पाण्डे उत्साहित

चितवन-३ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार छैनन् । कांग्रेसले माओवादी केन्द्रका उम्मेदवार भोजप्रसाद अधिकारीलाई समर्थन गरेको छ भने एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई ।राप्रपा उम्मेदवार बिक्रम पाण्डेले कांग्रेस र एमालेका उम्मेदवार नहुनुलाई आफ्नो अनुकुलकता मानेका छन् ।

चितवन–३ मा कांग्रेसका बागी कोइरालाले पाए माछा चुनाव चिह्न

२६ असोज, चितवन । चितवन–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्दीय सदस्य दिनेश कोइरालाले माछा चुनाव चिह्न पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले बुधबार उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । त्यस क्रममा कोइरालालाई माछा चिह्न दिएको हो । सत्तारुढ गठबन्धनको भागवण्डामा चितवन–३ नेकपा माओवादी केन्द्रको भागमा परेपछि कांग्रेस केन्द्रीय सदस्य कोइरालाले स्वतन्त्र उम्मेदवारी […]

चितवन ३ मा कांग्रेसका बागी दिनेश कोइरालालाई छाडेपछि एमालेमा असन्तुष्टि

चितवन । नेकपा एमालेले चितवन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाई समर्थन गर्दै पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएपछि असन्तुष्टि चर्किएको छ । प्रचण्डले छाडेको सो क्षेत्रमा गठबन्धनबाट माओवादी केन्द्रका डा.भोजराज अधिकारी उम्मेदवार छन् । एमालेबाट उम्मेदवार रहेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी पार्टी केन्द्रबाटै फिर्तां लिइएपछि असन्तुष्टि बढेको हो […]

चितवन ३ मा एमालेले कांग्रेसका बागी कोइरालालाई समर्थन गर्ने

काठमाडौं । चितवन ३ मा नेकपा एमालेले आफ्नो उमेदवारी फिर्ता लिँदै गठबन्धनबाट बागी उमेदवारी दिएका दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ । नेकपा एमालेसँगको छलफलपछि यस्तो निर्णय भएको कोइरालाले जानकारी दिए । एमालेले त्यहाँ रामप्रसाद न्यौपानेलाई उमेदवार बनाएको थियो । “एमालेले सहयोग गर्ने निर्णय भएको छ,” कोइरालाले भने ।