बैतडी : बैतडीमा बेपत्ता रहेका दुई युवक आज (सोमबार) मृत फेला परेका छन्। दशरथचन्द नगरपालिका-१ खिराका ३४ वर्षीय प्रेमसिंह रावत र सिगास गाउँपालिका-३ तल्लोइनारका १९ वर्षीय घनश्यामसिंह धामी मृत फेला परेका हुन्।जेठ १७ गतेदेखि बेपत्ता रहेका रावत आज स्थानीय मएडा जंगलमा मृत फेला परेका बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक मोहन साउदले जानकारी दिए। रावतको शव सडेगलेको र भिरमा अड्किएको अवस्थामा भेटिएको हो। बोल्न नसक्ने र सुस्त मनस्थितिका रावतको लडेर मृत्युु भएको हुनसक्ने प्रहरीले जनाएको छ।