धौलागिरि लघुवित्तको आईपीओमा मागभन्दा साढे ६५ गुणा बढी आवेदन

काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि निष्कासनमा ल्याएको प्राथमिक सेयर (आईपीओ)मा मागभन्दा साढे ६५ गुणा बढी कित्ताका लागि आवेदन परेको छ । सिडिएस एन्ड क्लियरिङ (सीडीएससी) का अनुसार आवेदन दिन अन्तिम दिन आज साँझ ५ बजेसम्म मागभन्दा ६५.६२ गुणा बढी कित्ताका लागि आवेदन परेको हो । कम्पनीले १००...

सम्बन्धित सामग्री

जलजलामा फस्टाउँदै ठेकी फल

म्याग्दी । म्याग्दीको जलजला गाउँपालिका–१ मलगाउँकी देउकुमारी तिलिजाले ६ रोपनी पाखोबारीमा किबी खेती गरेको पाँच वर्ष भयो । कोदो, मकै र गहुँ बाली दुम्सीले नष्ट गर्न थालेपछि करिब १० वर्षसम्म बारीमा खेती भएको थिएन ।      ‘किबी लगाएपछि जंगली जनावरले पनि दुःख दिएका छैनन्’, तिलिजाले भनिन्, ‘कोदो, मकै लगाउँदा भन्दा आम्दानी पनि राम्रो भएको छ । कोदो लगाउँदा वर्षमा दुई क्विन्टल उत्पादन हुन्थ्योे । किबीका ७० मध्ये ५० वटा बोटले फल दिन्छन् ।’      गत वर्ष प्रतिकिलो २५० रुपैयाँका दरले ५०० किलोग्राम किबी बेचेको तिलिजाले बताइन् । यसपालि गत वर्षभन्दा बढी किबी फलेको उनले सुनाइन् ।      चार रोपनी पाखोबारीमा लगाएको ५० वटा किबीका बोटबाट अन्नपूर्ण गाउँपालिका–८ राम्चेका भक्तबहादुर पुर्जाले गएको याममा ५०० किलोग्रामभन्दा बढी उत्पादन गरे । मकै, कोदो र आलु खेती गर्दा वर्षमा बढीमा २० हजार रुपैयाँ आम्दानी हुने उक्त क्षेत्रफलमा गरेको किबीबाट ७५ हजार कमाइ भएको पुर्जा बताउँछन् ।       ‘अरूले प्रतिकिलो ३०० रुपैयाँभन्दा बढीमा बिक्री गर्छन् तर हामीले उपभोक्तालाई आकर्षित गर्न प्रतिकिलो डेढ सयमा बेच्यौं’, पुर्जाले भने, ‘अन्नबालीको भन्दा किबीबाट धेरै बढी आम्दानी भयो ।’ अनुकूल भूगोल, हावापानी, उच्च बजार मूल्यका कारण म्याग्दीका कृषक पछिल्लो समय व्यावसायिक किबी खेतीतर्फ आकर्षित भएका छन् । म्याग्दीको राम्चे, बरञ्जा, दिच्याम, कुहुँ, तोरीपानी, भकिम्ली, रुम, पर्वतको लेकफाँट, बाँसखर्क र शालीजा क्षेत्रमा केही वर्षयता किबी खेती विस्तार भएको छ । ३२ वर्षअघि जापानबाट आएका स्वयंसेवकले धौलागिरि क्षेत्रमै पहिलो पटक राम्चेमा किबी भित्र्याएका थिए ।      स्वादिलो, धेरै पौष्टिक तत्व पाइने र स्वस्थकर मानिने किबीको बजारमा माग र खपत बढेको छ । लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ । कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेका अनुसार समुद्री सतहदेखि १ हजार ५०० देखि २ हजार मिटरको उचाइमा किबी खेती गर्न सकिन्छ ।      ‘भिटामिन सीलगायत पौष्टिक तत्व पाइने किबी चिनी रोगका बिरामीका लागि लाभदायक मानिन्छ’, उनले भने, ‘राम्रो भयो भने एकै रोपनीमा ४ लाखसम्म आम्दानी गर्न सकिन्छ । पाचन प्रक्रियालाई सहयोग गर्ने किबीबाट जाम र वाइन बनाउन सकिन्छ ।’ अमिलो र गुलीयो स्वाद पाइने किबीलाई नेपालीमा ठेकी फलका रूपमा चिन्ने गरिएको छ । न्युजिल्यान्डले किबीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ । सोयु, ब्रुनो, हेवार्ड, आलिसान, टोमरी, मन्टी जातको किबीको बिरुवाको मूल्य सरकारी दरअनुसार प्रतिगोटा १०० रुपैयाँ छ । निजी नर्सरीबाट ३०० सम्ममा बिक्री हुन्छ । कृषि ज्ञान केन्द्रले गत वर्ष नमुना फार्म कार्यक्रममार्फत एउटा किबीको फार्म स्थापनाका लागि अनुदान दिएको थियो । यो वर्ष चार वटा किबी फार्म स्थापनाका लागि आवेदन परेको छ । सजिलो र कलामी बिरुवा रोपेको दुई वर्षमै आम्दानी लिन सकिने बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाले बताए ।       प्रति आठ वटा पोथी बिरुवा बराबर एक वटा भाले किबीका बिरुवा लगाउनुपर्छ । लहरा भएर फैलिने किबी एक रोपनीमा १५ वटासम्म किबीका बिरुवा लगाउन सकिन्छ । फूल खेल्ने बेलामा असिनाबाट जोगाउनु किबी खेतीको मुख्य चुनौती हो । रासस