बाढी–पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाद्वारा उद्धार तथा राहत

विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा जिल्लाका विभिन्न स्थानहरूमा बाढी र पहिरो गई जनजीवन प्रभावित क्षेत्रहरूमा नेपाली सेनाले खोज तथा उद्धार, राहत सामग्री ढुवानी र वितरण कार्य सञ्चालन गरेको छ । जुम्ला, हुम्ला, कालिकोट तथा मुगु जिल्लाहरूका अति विकट स्थानहरू राजचुली, ताजकोट, सर्कीघाट, छाँयानाथ, कन्कासुन्दरी लगायतका स्थानहरूमा पहिरोका कारण फसेका ११ जनाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएको हो ।उक्त स्थानहरू सडक सञ्‍

सम्बन्धित सामग्री

नेपाली सेना राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदार : उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले जाजरकोट र रुकुम पश्चिम भूकम्पका घाइतेको खोज, उद्धार, राहत वितरण र पुनः स्थापनामा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको छ ।

नेपाली सेना राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदार : उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले जाजरकोट र रुकुमपश्चिम भूकम्पका घाइतेको खोज, उद्धार, राहत वितरण र पुनःस्थापनामा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गर्नुभएको छ । उत्तरपश्चिम पृतना हेडक्वार्टर सुर्खेतको निरीक्षण गर्दै उहाँले सेनाको योगदान र पेशागत दक्षताको उच्च प्रशंसा गर्दै सोका लागि सरकार र आफ्नो तर्फबाट पनि विशेष धन्यवाद दिनुभएको उहाँको सचिवालयले जनाएको छ । “सीमित …

चुरे जोगाउँदै नेपाली सेना

पछिल्लो समय २०७२/७३ देखि नेपाली सेना चुरे क्षेत्रको जंगल र ताल संरक्षणमा पनि सक्रिय रहँदै आएको छ ।

‘विमानस्थल संकटकालीन’ पूर्वअभ्यास सम्पन्न

मोरङ । विराटनगर विमानस्थलमा आज बिहान आगोको ठूलो मुस्लोसहितको धुँवा, वारुणयन्त्र र एम्बुलेन्सको साइरनले यस क्षेत्रका वरिपरि बस्ने नागरिकलाई ठूलो दुर्घटना भएको आशङ्काले त्रसित बनाएको थियो । विमानस्थलमा आज बिहान गरिएको ‘विमानस्थल संकटकालीन’ पूर्वअभ्यास कार्यक्रमले यस क्षेत्रका वरिपरि बस्ने नागरिकलाई ठूलो दुर्घटना भएको आशङ्काले त्रसित बनाएको थियो । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘विमानस्थल संकटकालीन’ पूर्वअभ्यास गरिएको नागरिक उड्ययन कार्यालय विराटनगरले बताएको छ ।   यो अभ्यासका क्रममा विमानस्थल वरिपरिको आकाशमा धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देखिएको थियो । ‘विमानस्थल संकटकालीन’ पूर्वअभ्यास गरिएको थाहा पाएपछि स्थानीयवासीले राहत अनुभव गरेका थिए । विराटनगरबाट उडान गरेको विमान आकाशमा चरासँग ठोक्किँदा पुनः विराटनगर आकस्मिक अवतरणको क्रममा भएको दुर्घटनामा यात्रुहरुलाई उद्धार, उपचार र अस्पतालसम्म पुर्‍याउने कार्यक्रमको पूर्वअभ्यास गरिएको नागरिक उड्डयन कार्यालयले बताएको छ । पूर्वपूर्णकालीन अभ्यासमा विमानका यात्रुहरुको जीवन रक्षा, उद्धार कार्यका लागि विमानस्थलको दुई थान वारुणयन्त्र, विभिन्न अस्पतालका छ एम्बुलेन्स, चिकित्सक, स्वास्थ्यकर्मी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, उड्डयन कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।   अभ्यासका क्रममा एउटा स्थानमा आगो लगाई एउटा बसलाई विमान बनाएर सोमा रहेका यात्रुको जीवन बचाउने, उद्धार गर्ने, आवश्यक उपचार दिने सम्बन्धमा प्रयोगात्मक अभ्यास कार्य गरिएको थियो । सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले दुर्घटनामा पर्ने यात्रुको जीवनरक्षाका लागि सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । विमानस्थलका कार्यालयका प्रमुख उत्सवराज खरेलले यस प्रकारको अभ्यासले आकस्मिक दुर्घटना हुँदा यात्रुको जीवन रक्षामा सहयोग पुग्ने विचार व्यक्त गरे । यस प्रकारको पूर्व पूर्णकालीन अभ्यास प्रत्येक दुई/दुई वर्षमा काठमाडौं बाहिर विराटनगर, पोखरा, भैरहवा नेपालगञ्ज, धनगढीलगायतका विमानस्थलमा हुने गरेको कार्यालयका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए । रासस

बाढी–पहिराे : खाेज, उद्धार र राहत वितरणमा खटिँदै सेना

काठमाण्डाै – विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट प्रभावित नागरिककाे उद्धार र राहत वितरणमा नेपाली सेना खटिरहेका छन् ।  नेपाली सेनाले आज मनाङकाे ताछे, रुगु, भिर र ताल क्षेत्रबाट बाढी तथा पहिरोबाट जोखिममा परेका ८१ जना स्थानीयवासीलाई एमआई-१७ हेलिकप्टरमार्फत उद्धार गरेको छ । यस्तै सेनाले सिन्धुपाल्चोककाे मेलम्चीबाट हेलिकप्टरद्वारा हेलम्बु गाउँपालिकामा रहेकाे क्युल र चनौटे क्षेत्रमा रहेका बाढी प्रभावित व्यक्तिहरूको खोज, उद्धार तथा राहत ढुवानी कार्यमा सहयोग गरेको छ । ...

बाढीबाट हुने क्षति न्यूनीकरणका लागि तटबन्ध निर्माण

जेठ ३१, रौतहट । बाढी, डुवान, कटानको क्षति न्यूनीकरणका लागि वाग्मती तथा लालबकैया नदीमा तटबन्धको निर्माण कार्य शुरु भएको छ ।  उच्च जोखिममा रहेका रौतहटका विभिन्न स्थानहरुमा मनसुन शुुरु हुनु अघि नै बाँध मर्मत तथा निर्माण कार्य थालिएको हो । लालबकैया र वाग्मती नदीबाट करीब २६ स्थान उच्च जोखिममा रहेको छ ।  वाग्मती नदिबाट नेपाल भारत सीमा क्षेत्रको उत्तरसम्म साढे १७ किलोमिटर बाँध उच्च जोखिममा रहेको वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजनाको प्रमुख अख्लाख सिद्धिकीले बताए ।  उनका अनुसार ब्रम्हपुरी, बसन्तपुर, मत्सरी, गंगापिपरा लगायतका स्थान उच्च जोखिममा पर्छ । नदीको बाँध निर्माण तथा मर्मतका लागि भने बजेट अभाव रहेको उनले बताए । बाँध निर्माणका लागि ४१ करोड ४९ लाख रुपैयाँ आवश्यक पर्ने भएकाले मन्त्रालय र विभागमा पत्रचार गरीएको उनको भनाइ  छ ।  अर्थ मन्त्रालयमा बजेट निकासाको लागि पठाईएको भएपनि अहिलेसम्म बजेट निकासा नभएका उनको गुनासो छ । वाग्मती नदीको १२ र बकैयाको १६ स्थान गरी २८ स्थानमा बाँध निर्माणको लागि उक्त रकम आवश्यक पर्ने उनले बताए ।  यस वर्ष साविकको भन्दा दोब्बर वर्षा हुने सम्भावना रहेकाले पूर्व तयारी थालिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए  ।  पूर्व तयारी अन्तर्गत सुरक्षा निकायका टोलीलाई उद्धार तथा राहत लगायतका कार्यको अभ्यास गराईएको उनले बताए । गौर नगरपालिका ५ स्थित बरहवा ताल किनारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना एकीकृत गरी अभ्यास गराईएको हो । बाढीको उच्च जोखिममा रौतहट रहेकाले जिल्ला विपत व्यवस्थापन समितिले पूर्व तयारीका लागि अभ्यास गरेको हो ।  विपतभन्दा पहिलेको पूर्व तयारीको अभ्यासले समस्या परेका बेला तत्काल समन्वय गरेर जनधनको क्षति कम गर्न सकिने प्रजिअ यादवले बताए ।