लोसपा नेता गुप्ता एमाले प्रवेश गर्ने

९ असार, काठमाडौं । रौतहटको गौर नगरपालिकाका पूर्वमेयर एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अजय कुमार गुप्ता नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि गुप्ता पार्टी प्रवेश गर्न तयार भएका हुन् । पछिल्लो समयमा मधेश केन्द्रित दलले पार्टी संगठन पनि नबनाएको र आन्दोलन पनि गर्न नसकेको भन्दै गुप्ताले अनलाइनखबरसँग […]

सम्बन्धित सामग्री

लोसपा नेता मियाँ एमाले प्रवेश

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेता एकबाल मियाँ नेकपा एमाले प्रवेश गरेका छन् । शुकबार राति एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर एमाले प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष ओलीले खादा लगाएर स्वागत गरे । उनी २०७४ को निर्वाचनमा बारा निर्वाचन क्षेत्र नं।-४ मा लोसपाबाट टिकट पाएर निर्वाचित भएका थिए । नेता […]

टिकट पक्का भएपछि लोसपा नेता मिया एमाले प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य एवं निवर्तमान प्रतिनिधि सभा सदस्य एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन । शनिबार बिहान  मियालाई बालकोटमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका...

लोसपा नेता एकवाल मियाँ एमाले प्रवेश

काठमाडौं । लोकतान्त्रिक समाजबादी पार्टीका नेता एकवाल मियाँ नेकपा (एमाले) प्रवेश गरेका छन् ।  बारा–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं लोसपा नेता एकवाल मियाँ निर्वाचनको पूर्वसन्ध्यामा एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी ओलीले खादा र अबिर लगाएर एमालेमा स्वागत गरेका छन् ।

दल बदलले अराजक बन्दै राजनीति

चुनाव घोषणा भएसँगै दलबदलको मौसम चल्दैछ। लोसपा नेता र पूर्व मन्त्री उमाशंकर अरगरिया, जसपा सांसद अमृता अग्रहरी, रूही नाज लगायतका नेताहरू एमाले प्रवेश गरेका छन्। यसैगरी लोसपा नेतृ चन्दा चौधरीले नेपाली कांग्रेस रोजेकी छन्। पूर्व पत्रकार चर्चित व्यक्ति रवीन्द्र मिश्रले राप्रपालाई आफ्नो पार्टी बनाएका छन्। अहिलेको घटनाक्रमका यी प्रतिनिधि पात्र हुन्। आफैले संघर्ष गरेर स्थापित […]

ओली फेरि मधेश झरे, लोसपा नेता अरगरिया एमाले प्रवेश गर्दै

काठमाडौं, ८ असोज । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर गएका छन् । पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न उनी आज जनकपुर पुगेका हुन् । ओलीलाई जनकपुर विमानस्थलमा पार्टीका सचिव तथा मधेश प्रदेशका ईन्चार्ज रघुवीर महासेठ, पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री जुलीकुमारी महतोलगायतले स्वागत गरेका थिए । आजै एमाले प्रवेश गर्न लागेका लोसपाका […]

लोसपा नेता यादव एमाले प्रवेश गर्ने तयारी

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता सञ्जय यादव (बारा) ले पार्टी परित्यागको घोषणा गरेका छन् । पार्टी विधिसम्मत सञ्चालन नभएको, संगठन निर्माण हुन नसकेको, पार्टीमा केही नेताको मनपरी चलेको जस्ता आरोप नेता यादवको रहेको छ । उनले पार्टीको साधारण सदस्य समेत त्याग गरेको बताएका छन् । उनी तत्कालीन राजपाको सह महामन्त्री थिए । लोसपा बनेपछि हालसम्म कार्यकारिणी समितिबाहेक अरू कुनै समिति बनेको छैन । त्यसमा पनि उनको गुनासो रहेको छ । उनी एमाले पार्टीमा जाने तयारी गरिरहेका छन् ।

लोसपा नेता तथा रौतहट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जैसवाल एमालेमा प्रवेश

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य संघ रौतहटका पूर्व अध्यक्ष कन्थमनी प्रसाद जैसवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनले एमाले प्रवेश गरेका हुन् । बालकोटमा भएको पार्टी प्रवेश कार्यक्रममा उनले ओलीको नेतृत्वमा मधेशको विकास सम्भव देखेर आफू एमालेमा प्रवेश गरेको बताए । उनी […]