एमाले अधिवेशन : पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत

नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत चयन भएका छन् । मंगलबारदेखि पोखरा सभागृहमा जारी महानगर अधिवेशनमा नेतृत्वका लागि दाबी गरेका ५ जना आकांक्षीमध्ये चार जनाले मनोनयन फिर्ता लिएसँगै न्यौपाने सर्वसम्मत रूपमा अध्यक्ष चुनिएका हुन् ।महानगरको निर्वाचनमा एमालेका प्रभावशाली नेता खगराज अधिकारी र पृथ्वी सुब्बा गुरुङले आफूनिकटकालाई नेतृत्वमा ल्याउन चाहेकाले अधिवेशन तीन दिनसम्म लम्बिएको थियो । तीन दिनदेखि नेतृत्व चयनका लागि पूर्व खेलकुद मन्त्री जगत विश्वकर्मा, एमाले कास्कीका अध्यक