काठमाण्डाै – सर्वोच्च अदालतले कर्णाली प्रदेशका चार जना सदस्यलाई अदालत बोलाएको छ । कर्णाली प्रदेश सभाका चार जना सदस्यको पद थमौती गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको पुनरावलोकन (भ्याकेट) निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले प्रदेश सभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई पनि बोलाएको हो ।
आफ्नै पार्टीको सरकारलाई साथ नदिएर 'फ्लोर क्रस' गरेको भन्दै कर्णाली प्रदेश सभा सदस्य प्रकाश ज्व...