नेपालको हवाई रुट प्रयोग गरी तेस्रो मुलुक यात्रा गर्ने भारतीयले एनओसी लिन नपर्ने

नेपालको हवाई रुट प्रयोग गरी तेस्रो मुलुकतर्फ यात्रा गर्ने सबै भारतीयले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्ने अनिवार्य प्रावधान दुई महिनाका लागि खुकुलो बनाइएको छ । नेपालस्थित भारतीय दूतावासको आग्रहमा परराष्ट्र र गृह मन्त्रालयले नेपालको बाटो प्रयोग गरेर तेस्रो मुलुक जाने भारतीयलाई एनओसी लिन नपर्ने व्यवस्था मिलाएका हुन् । यसअघि एनओसी नलिएका भारतीयले तेस्रो मुलुक जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न पाउँदैन थिए । काठमाडौँस्थित भारतीय दूतावासमा एन

सम्बन्धित सामग्री

गौतमबुद्ध विमानस्थल र नेपाल–भारत सम्बन्ध

गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनु नेपालका लागि महŒवपूर्ण उपलब्धि हो । तर, यो उपलब्धिसँगै नेपाल–भारत सम्बन्धमा नयाँ आयाम सृजनाको आंशका गरिएको छ । खुला सिमाना भएकाले सिमानानजिकै उसले नेपालको अन्तरराष्ट्रिय विमानस्थल नचाहेको र यही कारण पश्चिमको रुट दिन आनाकानी गरेको बुझ्न सकिन्छ । नेपालले गौतमबुद्ध विमानस्थल बनाउन थालेपछि  भारतले कुशीनगरमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण गरेकाले यस्तो आशंकालाई बलियो बनाएको हो । गौतमबुद्ध विमानस्थल उद्घाटन गरेकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुशीनगरबाट लुम्बिनी भ्रमणका लागि नेपाल आइपुगे । दिल्लीबाट कुशीनगरसम्म जहाजमा र कुशीनगरदेखि हेलिकोप्टर यात्रा गरेका मोदीले भैरहवा विमानस्थलमा अवतरण नगरी लुम्बिनीको हेलिप्याडमा अवतरण गरे । उनको सुरक्षा रेकी गर्न आएको भारतीय वायु सेनाको विमान भने भैरहवा विमानस्थलमा अवतरण गरेको थियो । यसको कूटनीतिक अर्थ भारतले भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल नचाहेको भन्ने निकालिएको छ । भैरहवाबाट प्रवेश विन्दु नदिनुको कारण पनि यही रहेको विश्लेषण गरिएको छ ।   गौतमबुद्ध विमानस्थलका लागि पुरानै हवाई रुट प्रयोग गर्नुपर्ने बाध्यता छ । भैरहवा प्रवेशका लागि पश्चिमी नाका (महेन्द्रनगरदेखि भैरहवासम्म) को प्रवेश विन्दु दिन नेपालले आग्रह गरेको धेरै भइसकेको छ । तर, भारतले अहिलेसम्म यस्तो आग्रहको सुनुवाइ गरेको छैन । बरु, भैरहवानजिकै कुशीनगरमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण गरेर नेपालले मागेको हवाई रुट नदिने संकेत गरिरहेको छ । यसले नेपाल भारत सम्बन्धलाई थप जटिल बनाउने सम्भावनासमेत देखिन्छ । पूर्वबाट आएका विमानका लागि साबिकको रुटले केही असर गर्दैन तर पश्चिमबाट आएका विमान भने सिमराबाट नेपाल प्रवेश गरी फेरि पश्चिमतिरै लाग्नुपर्छ । जसले गर्दा लागतको साथै  समय पनि बढी लाग्छ । भारत सिद्धान्तत: यो प्रवेश विन्दु उपलब्ध गराउन सहमत भइसकेको हो । तर, सुरक्षा अधिकारीले सुरक्षाको चिन्ता देखाएको भन्दै स्वीकृति दिन भने पछि हटेको छ । प्रधानमन्त्रीकै तहमा यो कुरा उठेर पनि यसबारे सहमति जुट्न सकेको छैन । भारतले २१ हजार फीटभन्दा माथिबाट आउने हो भने भैरहवा प्रवेशविन्दु दिन सकिने शर्त राखेको छ । तर यति उचाइबाट आएको विमानले भैरहवा विमानस्थलमा सिधै अवतरण गर्न सक्दैन, आकाशमै एकदुई फन्को लगाउनुपर्ने हुन्छ । भारतको यो प्रस्तावबाट पनि उसले भैरहवा विमानस्थल मन नपराएको संकेत गर्छ । यी विन्दुबाट नेपाल छिर्न नदिए पनि बाहिर निक्लन भने स्वीकृति दिएको छ । यसो गर्नुमा पक्कै पनि सुरक्षाको चासो हुन सक्छ । काठमाडौंकै विमानस्थलमा समेत उसले सुरक्षा चिन्ता व्यक्त गर्दै भारतीय सुरक्षाकर्मी राख्न पहल गरेको थियो । खुला सिमाना भएकाले सिमानानजिकै उसले नेपालको अन्तरराष्ट्रिय विमानस्थल नचाहेको र यही कारण पश्चिमको रुट दिन आनाकानी गरेको बुझ्न सकिन्छ । भोलिका दिनमा निजगढ विमानस्थलले पनि यही नियति भोग्न सक्छ । त्यस्तै उसले पश्चिमबाट नेपाल छिर्ने अन्य प्रवेश विन्दु पनि नदिने सम्भावना बढी छ । भैरहवामा विमानस्थल सञ्चालन गरेर नेपाले पूर्वाधारमा ठूलै फड्को मारेको देखिन्छ । तर रणनीतिक र व्यावसायिक सम्भावना हेर्न भने नपुगेको हो कि भन्ने देखिन्छ । चीनले बनाएको विमानस्थल भनेर मोदीले प्रयोग नगरेको अर्थ पनि लगाएको  पाइन्छ तर यो विमानस्थल एडीबीको ऋण सहयोगमा बनेको हो । अन्तरराष्ट्रिय बोलपत्रको प्रतिस्पर्धाबाट छानिएको चिनियाँ कम्पनीले यसको निर्माण गरेको हो । त्यसैले नेपालले ठूलै कूटनीतिक पहल गरेर मात्रै यो विमानस्थलका लागि पश्चिमतर्फको प्रवेश विन्दु प्राप्त गर्न सक्ने देखिन्छ । यसका लागि नेपालले भारतका केही शर्त मान्नुपर्ने पनि हुन सक्छ । नेपालले त्यस्तो क्षमता र चातुर्य देखाउन सक्ला त ?

लुम्बिनी आएका मोदीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल किन प्रयोग गरेनन् ?

आज बुद्ध जयन्ती । बुद्ध जयन्तीको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी आईपुगेका छन् । बुद्धको नाममा नामाकरण गरिएको भैरहवास्थित नेपालको दोस्रो अन्तराष्ट्रिय विमानस्थलको पनि आज बुद्ध जयन्तीकै अवसर पारेर प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।गौतमबुद्ध विमानस्थल र गौतमबुद्धको जन्मस्थल लुम्बिनी बीचको दूरी करिब १५ किलोमिटर छ । तर, भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउँदा भैरहवा विमानस्थलमार्फत नभई सिँधै हेलिकप्टरमार्फत लुम्बिनी ओर्लिए ।भारतको राजधानी दिल्लीबाट उडेका मोदी नेपालको भैरहवाबाट २ सय किलोमिटर टाढा पर्ने भारतको उत्तर प्रदेशस्थित कुसीनगर अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएर त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी आए । मोदी किन गौतमबुद्ध विमानस्थलमा ‘ल्याण्ड’ भएनन् ?भारतीय विदेशसचिव विनय मोहन क्वात्राले शुक्रबार दिल्लीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री मोदी नेपाल जाँदा र आउँदा कुसिनगर विमानस्थल भएर ओहोर दोहोर गर्ने जनाएको बताइन्छ । भारतीय सञ्चारमाध्यमले मोदीको भ्रमण रुट सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर तय गरिएको पनि बताउने गरेका छन् । यति मात्रै नभई, भारतीय सञ्चारमाध्यमले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल चिनियाँ लगानीमा बनेको विमानस्थल भएकोले भारतीय प्रधानमन्त्री मोदीले त्यहाँ जाने कार्यक्रम नबनाएको ‘हल्ला’ पनि गर्न भ्याएका छन् ।तर, नेपाली अधिकारीहरू भने मोदीको सुरक्षा व्यवस्थाका लागि भारतीय वायु सेवाको जहाज नै गौतमबुद्ध विमानस्थलमा आएकाले यसमा अनेक शंका गर्न आवश्यक नरहेको बताउँछन् ।नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देव चन्द्रलाल कर्ण गौतमबुद्ध विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणअघि सुरक्षा बन्दोबस्तीका सामग्री बोकेर दिल्लीबाट भारतीय वायु सेवाको विमान आएकोले चीनको लगानी भएकै कारण भारतीय प्रधानमन्त्रीले यो विमानस्थल प्रयोग नगरेको भन्ने हल्ला अनावश्यक भएको बताउँछन् ।‘मोदीले यो विमानस्थल प्रयोग गरेको भए हवाई रुट पाउन सकिन्थ्यो’ गौतमबुद्ध विमानस्थलको लागि भारतले आफ्नो आकाश हुँदै सीधा हवाई रुट दिएको छैन । नेपालको तर्फबाट झण्डै ४ वर्ष अघिदेखि यो विषय उठिरहेको छ । भारतले मौखिक रुपमा हवाई रुट दिन आफू तयार रहेको बताएपनि निर्णय गरेको छैन । पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ‘भारतीय प्रधानमन्त्री मोदीले गौतमबुद्ध विमानस्थल प्रयोग गरेर लुम्बिनी आएको भए भारतले चाँडै हवाई रुट दिने कुरामा विश्वास गर्न सकिन्थ्यो’ भन्छन् । तर, यसका लागि सरकारले पर्याप्त पहल नगरेको उनको आरोप छ । ‘एकातिर हवाई रूट दिएको छैन, आफूले रुट नदिएको एयरपोर्ट प्रयोग गर्दा यसबारे पुनः कुरा उठ्यो भने के जवाफ दिने भनेर पनि भारतीय प्रधानमन्त्रीले अहिले यो विमानस्थल प्रयोग नगरेको हुनसक्छ’ ज्ञवालीले भने, ‘यसो हुनुमा नेपाल सरकारले पनि पर्याप्त पहल नगरेको देखिएको छ, आवश्यक पहल गरेर भारतीय प्रधानमन्त्री मोदीलाई गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी लैजाने प्रवन्ध मिलाउनु पर्थ्यो, गौतमबुद्ध विमानस्थललाई हवाई रुट दिलाउन यो महत्वपूर्ण पहल हुन्थ्यो, यो अवसर सरकारले गुमायो ।’ यद्यपी, बौद्ध धर्मका जानकारहरु भने भारतले नेपालको लुम्बिनीलाई नभई भारतको कुसीनगरलाई बौद्ध सर्किटको केन्द्रबिन्दु बनाउन चाहेकाले मोदीले गौतमबुद्ध विमानस्थललाई वेवास्ता गर्दै भारतकै कुसीनगरको विमानस्थललाई आफूले प्राथमिकतामा राखेको स्पष्ट सन्देश दिएको बताउँछन् ।

कोरोना बढेपछि भारतीयहरू नेपाल हुँदै तेस्रो मुलुक

तेस्रो मुलुक जान भारतीय नागरिकले नेपालको हवाई रुट प्रयोग गर्न थालेका छन् । विदेश जान आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा भारतीयको घुइँचो लाग्ने गरेको छ ।

हवाई नाका थपलाई निष्कर्षमा पु-याइने उडान खोल्न सकारात्मक

लामो समयदेखि चर्चामा मात्र रहेको भारतबाट नेपाल प्रवेश गर्ने हवाई नाका थप्ने विषय निष्कर्षमा पु¥याउन छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राबीच शुक्रबार मन्त्रालयमा भएको भेटमा भैरहवासँगै नेपालगञ्ज र महेन्द्रनगरबाट पनि उडान अनुमतिका लागि गरिएको पत्राचारलाई छिट्टै निष्कर्षमा पु¥याउने छलफल भएको हो । नेपाल र भारतबीच २०७५ असार २ गते नेपाललाई थप चारवटा हवाई रुट दिने विषयमा सहमतिमा औपचारिक हस्ताक्षर भएको थियो । सहमतिअनुसार महेन्द्रनगर, नेपालगञ्ज, जनकपुर र विराटनगरबाट समेत भारतीय आकाश हुँदै नेपाल उडान अनुमति प्रदान गरिने उल्लेख गरिएको थियो । हाल तेस्रो देशबाट नेपाल उडान गर्ने जहाजले भारतीय आकाश प्रयोग गरेर सिमरा नाका हुँदै प्रवेश गर्छन् ।

नेपालका लागि थप तीनवटा हवाई रुट खुल्ला गर्ने सहमति - Naya Patrika

चल्तीको सिमराबाहेक विराटनगर, जनकपुर र महेन्द्रनगर रुट सुरु गरिने भारतले नेपालका लागि थप तीनवटा हवाई रुट खुल्ला गर्ने सहमति जनाएको छ । नेपालले मागेका थप हवाई रुटमामध्ये तीनवटालाई दुईतर्फी प्रयोग गर्न...पूरा पढ्नुहोस् »