आजकाे संसद् बैठकमा एमसीसी टेबल हाेला ?

काठमाण्डाै - प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गर्ने तयारी गर्नु भएको छ । तर, संसद् सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा एमसीसीसम्बन्धी एजेण्डाको विषय समावेश गरिएको छैन । सहमति नहुँदासम्म एमसीसीलाई अगाडि बढाउन सभामुख अग्निप्रसाद सापकोटा पनि तयार नभएकाले आजको बैठकमा पनि एमसीसी टेबल हुने सम्भावना कम छ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले भने आजको बैठकमा एमसीसी टेबल हुने बताउनु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्...

सम्बन्धित सामग्री

फागुन १२ गते बस्ने गरी संसद् बैठक स्थगित

आइतबार बसेको प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते बिहीबार दिनको १ बजे बस्ने गरी स्थगित भएको छ। आइतबारको बैठकमा एमसीसी टेबल भएको छ।

फागुन १२ गते बस्ने गरी संसद् बैठक स्थगित

आइतबार बसेको प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते बिहीबार दिनको १ बजे बस्ने गरी स्थगित भएको छ। आइतबारको बैठकमा एमसीसी टेबल भएको छ।

फागुन १२ गते बस्ने गरी संसद् बैठक स्थगित

आइतबार बसेको प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते बिहीबार दिनको १ बजे बस्ने गरी स्थगित भएको छ। आइतबारको बैठकमा एमसीसी टेबल भएको छ।

संसद् बैठक बस्दै, कार्यसूचीमा के छ ?

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दशौँ अधिवेशनको पाँचौँ बैठक बस्न लागेको हो । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व. २०७७÷०७८ पेस गर्ने सम्भावित कार्यसूची छ । आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल...

एमसीसीविरुद्ध सत्तारूढ दलसहितको आन्दोलन

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग गरिएको सम्झौताविरुद्ध सत्तारूढ दलसहितको आन्दोलनले बुधवार चर्को रूप लिएको छ । राजधानीका विभिन्न स्थानबाट शुरू भएको प्रदर्शनका क्रममा सरकारले दर्जनौं प्रदर्शनकारीलाई नियन्त्रण लिनुपर्‍यो भने संसद् बैठक चल्दा नयाँ बानेश्वर क्षेत्र तनावपूर्ण बनेको थियो । एमसीसी सम्झौता संसद्मा लैजान दबाब दिँदै आएका सत्तारूढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका भातृ संगठनहरूले विरोध प्रदर्शन गरेका हुन् । नयाँ बानेश्वर–बबरमहल–माइतीघर सडकखण्डमा प्रदर्शनकारीले एमसीसी संसद्मा टेबल नगर्न दबाब दिँदै सरकारविरुद्ध चर्को नाराबाजी गरे । विरोध प्रदर्शनमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र नागरिक समाजका अगुवाको समेत उपस्थिति थियो । माओवादी केन्द्र र एकीकृत समाजवादीको आन्दोलन केही उग्र देखिएको थियो भने राप्रपाको विरोध तुलनात्मक रूपमा शन्तिपूर्ण देखिएको थियो । होटल एभरेस्टतर्फको क्षेत्रमा गाडीमा माइक र ब्यानर लगाएका राप्रपाका नेताले आफूहरूको प्रदर्शन शान्तिपूर्ण हुने बारम्बार बताइरहेका थिए । तर माओवादी केन्द्रले नेतृत्व गरेको विरोधको नाराबाजी भने प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध थियो । सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेस एमसीसी सम्झौता संसद्बाट तत्काल पास गर्नुपर्ने पक्षमा छ । अनुमोदनको पक्षमा कांग्रेस एक्लै सत्तारूढ गठबन्धनका चार दल तत्कालका लागि एमसीसी सम्झौताको विपक्षमा उभिएपछि अनुमोदनको पक्षमा कांग्रेस एक्लिएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा शुरूदेखि एमसीसीको विरुद्धमै थिए । कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) एमसीसी पास गर्नुपर्ने पक्षमा थिए । तर, बुधवारदेखि जसपाले पनि आफ्नो धारणा परिवर्तन गर्‍यो र तत्काल एमसीसी संसद्मा टेबल गर्न नहुने पक्षमा उभियो । जसपाका संसदीय दलका प्रमुख सचेतक प्रमोद साहले यथास्थितिमा एमसीसी सम्झौता संसद्मा लैजान नहुने पार्टीको धारणा रहेको बताए । ‘यथास्थितिमा एमसीसी संसद्मा टेबल गर्नु हुँदैन भन्ने हाम्रो दलको औपचारिक धारणा हो,’ साहले भने, ‘संशोधन, परिमार्जन गर्नुपर्छ । नेपालको सार्वभौमसत्तामा आँच पुग्ने कुनै योजना पनि अघि बढाउनु हुँदैन ।’ जसपाका नेता डा. बाबुराम भट्टराईले भने एमसीसी अनुमोदन गर्नुपर्ने धारणा राख्दै आएका छन् । एमसीसी सम्झौता संसद्मा पेश गर्न नहुने पक्षमा रहेको नेकपा माओवादी केन्द्रले संसद्मा टेबल भए सरकार छाड्ने निर्णय नै गरेको छ । बुधवार बिहान बसेको दलको बैठकपछि माओवादी केन्द्रले तीनओटा शर्त अघि सारेको थियो । माओवादीले एमसीसी सम्झौतामा संशोधन, अवरोध खुलेपछि मात्रै संसद्मा पेश र राष्ट्रिय सहमतिको माग गरेको छ । ‘एमसीसीमा रहेका असमान शर्तहरू, असमान प्रावधान संशोधन नगरी यथास्थितिमा यसलाई अगाडि बढाउन र पास गर्न सकिँदैन,’ माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भने, ‘दोस्रो, नेकपा एमालेले संसद्मा अवरोध गरिरहेको छ । अवरोध नखुलाई कुनै पनि एजेन्डा अघि बढाउन सकिँदैन । सदन नियमित गर्न विपक्षी दललाई गठबन्धनले आग्रह गर्नुपर्छ । संसद् खुलाएपछि मात्रै एमसीसीसहितका अन्य एजेन्डा अघि बढाउने बाटो खुल्छ ।’ सत्तामा रहेको अर्काे घटक नेकपा एकीकृत समाजवादीले पनि एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार अहिलेको अवस्थामा एमसीसी संसद्मा लैजान पार्टीले साथ दिँदैन । ‘हामी संशोधन नगरी एमसीसी पास गर्ने पक्षमा छैनौं,’ खतिवडाले भने, ‘सरकारमा भए पनि हामी एमसीसीको विपक्षमा उभिन्छौं ।’ गठबन्धनमा एक्लै परेपछि बुधवार संसद्मा एमसीसी टेबल गर्ने कांग्रेसको योजना असफल भएको छ । आज (बिहीवार) सत्तारूढ गठबन्धनभित्रका शीर्ष नेताहरूको बैठक बस्दै छ । यो बैठक निर्णायक हुने अनुमान गरिएको छ ।

एमसीसीबारे सत्तापक्षमै तीन धार देखियो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण झण्डै ६ महिनादेखि अवरुद्ध संसद् बैठक खुलाउने विषयमा सत्तारुढ दल अहिलेसम्म असफल देखिएका छन् । संसद् चल्न नसक्नुमा सत्तापक्षले प्रमुख प्रतिपक्षलाई दोष दिइरहेको छ भने प्रमुख प्रतिपक्ष सत्ता पक्षकै कारण भद्रगोल अवस्था आएको दाबी गरिरहेको छ । यही अवरोधका बीच बुधबार संसद्मा एमसीसी टेबल हुने सम्भावना बढेको छ ।संसद् चल्न नसक्नुमा एकले अर्कोलाई दोष दिएर पानीमाथिको ओभानो देखिने प्रतिस्पर्धामा सत्ता र प्रतिपक्ष दुवै लागेका छन् । लामो समयदेखि संसद् बैठक अवरुद्ध हुँदा न