काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले शत प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको मङ्सिर २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीले बैंक ऋण भुक्तानी गर्नका लागि हकप्रद शेयर निष्कासन गर्ने निर्णय भएको जानकारी दिएको छ । साथै हकप्रद शेयर निष्कासन गर्न विद्युत नियमन आयोग बाट सहमति लिइ स्वीकृतीका लागि आगामी साधारण सभामा पेश गर्ने निर्णय भएको पनि कम्पनीले जानकारी दिएको छ ।