सुनगाभा स्कूलका शिक्षकले गरे विद्यार्थीमाथि निर्घात कुटपिट

झापाको बिर्तामोड–५ मा रहेको सुनगाभा इङ्गलिस स्कूलका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् ।  विद्यालयका शिक्षक विकास पोखरेलले ३ कक्षामा अध्यनरत ९ वर्षीय विद्यार्थी अविरल तिम्सिनालाई कुटपिट गरेका हुन् । पीडित विद्यार्थीले आफूलाई सोधेको कुरा नआउँदा शिक्षकले पिटेको बताए ।   अभिभावकले शिक्षकले माफी माग्नुपर्ने र कानूनी कारवाही भोग्नुपर्ने माग गरेका थिए । त्यसपश्चात् विद्यालय प्रशासनले शिक्षकलाई भगाएको थियो । आफ्नो नानीलाई शिक्षकले कुटेपछिको चोट हेर्न नसकेको र आफ्नो मन पनि थाम्न नसकेको आमा अन्ज...

सम्बन्धित सामग्री

विद्यार्थी कुट्ने शिक्षकलाई उन्मुक्ति

होमवर्क नगरेको निहुँमा एक विद्यार्थीलाई नीलडाम हुने गरी कुटपिट गरिएको घटना सहमतिका नाममा सामसुम पारिएको छ । बिर्तामोड नगरपालिका–५ स्थित सुनगाभा इङ्लिस बोर्डिङ स्कुलका शिक्षक विकास पोखरेलले विद्यार्थीलाई निर्घात कुटपिट गरेकामा सामसुम पारिएको हो । वडा प्रतिनिधि, प्रहरी, टोल समितिका प्रतिनिधि, विद्यालय प्रशासन र पीडित पक्षबीच बिहीबार विद्यालयको एउटा कोठाभित्र सहमति भएको जनाइएको छ ।

शिक्षकद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट

झापा : बिर्तामोड नगरपालिका–५ स्थित सुनगाभा इङ्लिस स्कुलका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्। शिक्षक विकास पोखरेलले कक्षा ३ मा अध्ययनरत ९ वर्षीय अविरल तिम्सिनालाई बुधवार कक्षा कोठामा कुटपिट गरेका हुन्। सरले पढाएको कुरा आफूलाई सोधेको र भन्न नसक्दा कुटेको तिम्सिनाले बताए।उनका अनुसार सरले छडीले खुट्टा, ढाँड र गालामा थुप्रै पटक कुटपिट गरेका छन्। कुटाइबाट उनको खुट्टा नीलडाम बसेका छन्। शिक्षकले कुटपिट गरेपछि अभिभावकसहित स्थानीयवासी बिहीवार विद्यालय पुगेका थिए।अभिभावकसहि