धुलिखेल अस्पताल कोरोना परीक्षणका लागि तयार

काठमाडौं विश्वविद्यालयको धुलिखेल अस्पताल कोरोना भाइरस परीक्षणका लागि तयारी अवस्थामा छ । काठमाडौं

सम्बन्धित सामग्री

खाद्य कार्यालय काभ्रेका प्रमुख मृत फेला

१६ मंसिर, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत फेला परेका छन् । शुक्रबार दिउँसो सवा १२ बजे कार्यालय भवनको चौथो तलामा झुण्डिएको अवस्थामा उनलाई मृत फेला पारेको प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार मुचुल्का तयार गरेर शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको छ । […]

धुलिखेल र शिर मेमोरियलमा अक्सिजनसहितको उपचार कक्ष तयार

कोरोना सङ्क्रमणको दोस्रो चरण सुरु भएसँगै काभ्रेमा रहेका धुलिखेल अस्पताल र शिर मेमोररियल अस्पतालले कोरोना सङ्क्रमित बिरामीको उपचारको लागि अक्सिजनसहितको उपचार कक्ष तयारी अवस्थामा राखेका छन् । जिल्लाको धुलिखेल अस्पताल र बनेपामा रहेको शिर मेमोरियल अस्पतालले कोरोना सङ्क्रमित बिरामीको लागि अक्सिजनसहितको उपचार कक्ष तयार पारेका हुन् । धुलिखेल अस्पतालका प्रशासकिय निर्देशक डा. रमेश माकजुले स्वास्थ्य मन्त्रालय र धुलिखेल अस्पतालबीच कोरोना सङ्क्रमित बिरामीको उपचारको लागि एक सय शैयाको उपचार कक्ष तयार गर्ने सम्झौता भएको जानकारी दिनुभयो । उहाँले अस्पतालले तत्कालको लागि कोभिड बिरामीको उपचारको लागि अक्सिजनसहित २५ शैयाको हाई डिपेन्डेड युनिट (एचडियू) तयारी गरेको बताउनुभयो । उहाँले एचडियू अन्तर्गत चार शैया आइसियु रहेको बताउनुभयो । डा. माकजुले बिरामीको सङ्ख्या बढ्दै गएको खण्डमा कोभिड बिरामीको उपचारका लागि एक सय शैयामा बिस्तार गरिने बताउनुभयो । उहाँले एक सय शैया क्षमतामध्ये एचडियू ५० शैया र सामान्य (जनरल) ५० शैया बनाइने बताउनुभयो ।