धुलिखेल र शिर मेमोरियलमा अक्सिजनसहितको उपचार कक्ष तयार

कोरोना सङ्क्रमणको दोस्रो चरण सुरु भएसँगै काभ्रेमा रहेका धुलिखेल अस्पताल र शिर मेमोररियल अस्पतालले कोरोना सङ्क्रमित बिरामीको उपचारको लागि अक्सिजनसहितको उपचार कक्ष तयारी अवस्थामा राखेका छन् । जिल्लाको धुलिखेल अस्पताल र बनेपामा रहेको शिर मेमोरियल अस्पतालले कोरोना सङ्क्रमित बिरामीको लागि अक्सिजनसहितको उपचार कक्ष तयार पारेका हुन् । धुलिखेल अस्पतालका प्रशासकिय निर्देशक डा. रमेश माकजुले स्वास्थ्य मन्त्रालय र धुलिखेल अस्पतालबीच कोरोना सङ्क्रमित बिरामीको उपचारको लागि एक सय शैयाको उपचार कक्ष तयार गर्ने सम्झौता भएको जानकारी दिनुभयो । उहाँले अस्पतालले तत्कालको लागि कोभिड बिरामीको उपचारको लागि अक्सिजनसहित २५ शैयाको हाई डिपेन्डेड युनिट (एचडियू) तयारी गरेको बताउनुभयो । उहाँले एचडियू अन्तर्गत चार शैया आइसियु रहेको बताउनुभयो । डा. माकजुले बिरामीको सङ्ख्या बढ्दै गएको खण्डमा कोभिड बिरामीको उपचारका लागि एक सय शैयामा बिस्तार गरिने बताउनुभयो । उहाँले एक सय शैया क्षमतामध्ये एचडियू ५० शैया र सामान्य (जनरल) ५० शैया बनाइने बताउनुभयो ।

सम्बन्धित सामग्री

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुरू

सरकारले अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार सुरु गरेको छ । जापानी सहयोग नियोग (जाईका) सूर्यविनायक–धुलिखेल सडक खण्ड विस्तारबाट पछि हटेसँगै सडक विभागले आन्तरिक स्रोतबाट नै निर्माण प्रकृया थालेको हो ।सूर्यविनायक–धुलिखेल १५.९ किलोमिटरमध्ये विभागले दुई खण्डमा विभाजन गरेर निर्माण थाल्ने प्रकृया अगाडि बढाएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । विभागले सूर्यविनायक–साँगा–धुलिखेल गरेर […]

सूर्यविनायक–धुलिखेल सडक तीन वर्षमा बन्ने

काठमाडौं : अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्मको सडक तीन वर्षभित्र विस्तार गरिने भएको छ। यसका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले बोलपत्र आह्वान गरेको हो।आयोजनाले केही दिनअघि मात्रै विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) सकेर निर्माण प्रक्रिया अघि बढाएको हो। सरकारले सूर्यविनायक–धुलिखेल सडक विस्तारको निर्माण आन्तरिक स्रोतबाटै गर्ने गरी हाललाई साँगाबाट धुलिखेलसम्मका लागि चार अर्ब ८९ करोड लागतमा ठेक्का आह्वान गरेको छ। यसअघि ज

धुलिखेल अस्पताल र बर्दिबास अस्पतालबीच सहकार्य

महोत्तरीको बर्दिबास अस्पताल र काभ्रेको धुलिखेल अस्पतालबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पहलमा १० बुँदे सहकार्य सम्झौता भएको हो । बुधबार धुलिखेल अस्पतालले बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लाद क्षेत्री र नेता पोखरेललाई बोलाएर सम्झौता गरेको छ ।यसअघि पनि नेता पोखरेलले धुलिखेल अस्पतालका सामुदायिक कार्यक्रम निर्देशक डा.विराज कर्मचार्यलाई बर्दिबास अस्पतालमा ल्याएर सर्वपक्षीय अन्तरक्रिया गराएका थिए । बर्दिबास आउँदा नै प्रारम्भिक डकुमेन्टमा हस्ताक्षर गर

भक्तपुर–धुलिखेल सडक विस्तारको प्रक्रिया थालियो

१८ साउन, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार गर्न प्रक्रिया थालिएको छ । यसका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) थालेको छ । आयोजनाले डिपीआरसँगै सडकको डिजाइनसमेत गरिरहेको जनाएको छ । उसले डिपीआर र सडकको डिजाइनको काम सम्पन्न भएलगत्तै बोलपत्रको तयारी गर्ने भएको हो । आयोजनाले सूर्यविनायक–धुलिखेल सडक […]

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना जिपलाइन खेल्न धुलिखेल

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जिपलाइन खेल्न धुलिखेल पुगेका छन् । धुलिखेल पुगेका तिमिल्सिनाले जिपलाइनको अनुभव निक्कै रोमाञ्चक भएको बताएका छन् । जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरी ११ सय मिटरको छ। भर्टिकल ड्रप दुई सय ४० फिट रहेको जिपलाइन ७० किलोमिटर प्रति घण्टाको औसत गतिमा […]

धुलिखेल पुगेर जिपलाइनमा रमाए प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धुलिखेलमा जिपलाइन गरेका छन्। आज धुलिखेल जिपलाइन रिसोर्ट पुगेर उनले जिपलाइन गरेका हुन्। नाति नातिनी सहित धुलिखेल पुगेका प्रचण्डले आफैले क्लासिक जिपलाइनको अनुभव लिएका छन् । जिपलाइन गरेपछि प्रतिक्रिया दिँदै उनले आफूलाई यो सहासिक गतिविधि गर्न निकै मज्जा आएको बताए। काठमाडौबाट…

धुलिखेल जिपलाइनमा प्रचण्ड सरर....(फोटोसहित)

पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जिपलाइन खेल्न धुलिखेल पुगेका छन् । शुक्रबार पारिवारिक भ्रमणका रहेका प्रचण्डले जिपलाइन खेलेर मज्जा लिएका धुलिखेल जिपलाइन सञ्चालक वर्ल्ड वाइड एडभेन्चर प्रालिले जनाएको छ ।नाति, नातिनीसहित धुलिखेल पुगेका प्रचण्डले आफैंले क्लासिक जिपलाइनको अनुभव लिएका छन् ।  साहसिक गतिविधिमा आफुलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफुले जिपलाइनको निक्कै मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प

धुलिखेल नगर ‘खाद्य हरियाली सहर’

सहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न धुलिखेल नगरमा ‘खाद्य हरियाली सहर’ कार्यक्रम थालिने भएको छ। यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) र धुलिखेल नगरपालिकाबिच कार्यक्रम सञ्चालनका ल...

धुलिखेल अस्पताललाई थप चार भेन्टिलेटर

धुलिखेल। सरकारले धुलिखेल सामुदायिक अस्पताललाई कोरोना सङ्क्रमितको उपचारार्थ थप चार भेन्टिलेटर पठाएको छ। सो अस्पताललाई यही जेठ पहिलो साता कोभिड महामारी व्यवस्थापनमा उल्लेख्य भूमिका खेलेको जनाउँदै सरकारले छ करोड ८० लाख अनुदान प्रदान गर्ने घोषणा गरिसकेको छ। धुलिखेल अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्याङ्क निर्माणका लागि करीब तीन अर्ब बजेट विनियोजन गरिएको छ ।

धुलिखेल नगरपालिकाले कर छुट गर्ने

धुलिखेल नगरपालिकाले कोभिड–१९ संक्रमणको जोखिम रहुञ्जेल होटल व्यवसायले तिर्नुपर्ने व्यवसाय कर मिनाहा गर्ने भएको छ ।कोभिड–१९ संक्रमणको पहिलो लहरको समयमा अघिल्लो वर्ष निषेधाज्ञा, बन्दाबन्दीको समयमा होटल व्यवसाय चल्न नसकेको भन्दै बन्दाबन्दीको समयको व्यवसाय कर मिनाह गरेको थियो । बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले कोरोनाका कारण अप्ठ्यारोमा परेका व्यवसायीहरूलाई […]