तस्वीर : असार १५ अर्थात् धान दिवस

झापाको कमल गाउँपालिका–७ बिष्णुकठ्ठाका किसान मंगलवार विहान धानको बीउ काड्दै। असार १५ अर्थात् राष्ट्रिय धान दिवस । यस वर्षको राष्ट्रिय धान दिवसको नारा : ‘धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ रहेको छ ।असारको मध्यसम्म आइपुग्दा देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । सोमवार साँझसम्म देशभर २७ दशमलव १२ प्रतिशत भूभागमा धान रोपाई भएको छ जुन अघिल्लो वर्षको भन्दा ८ प्रतिशतले कम हो । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । तस्वीर : रासस 

सम्बन्धित सामग्री

असार १५ गते राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव

काठमाडौँ– सरकारले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आगामी असार १५ गते २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गर्ने भएको छ । कृषि विभागका महानिर्देशक हरिबहादुर केसीको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले विसं २०६१ देखि मनाइँदै आएको धान दिवस तथा रोपाइँ महोत्सव मनाउने निर्णय गरेको हो । […]

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं। आज असार १५ गते देशभर राष्ट्रिय धान दिवस मनाइँदै । वर्षाको कारण नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध भएको छ। आज देशको विभिन्न स्थानमा भारि वर्षा हुने जल तथा मौसम पूर्वानुमान विभागले बताएको छ। बुधबारदेखि हिमालयन हाइड्रोको आईपीओ बिक्री खुला गरिएको छ। बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

आज १७ औं राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं । आज बुधबार असार १५ गते अर्थात राष्ट्रिय धान दिवस । देशभर विभिन्न कार्यक्रम गरेर १७ औं धान दिवस मनाईंदैछ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि मनाउने चलन छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ […]

आज असार १५ : धान दिवस तथा दहीचिउरा खाएर मनाइँदै

काठमाण्डाै - आज असार १५, धान दिवसका रुपमा मनाइँदैछ । आज खेतमा काम गरी दहीचिउरा खाएर मनाउने चलन छ । सरकारले २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ मनाइँदैछ । नेपालमा १५ लाख हेक्टर जमिनमा बर्सेनि झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । नेपालको आर्थिक वृद्धिदर नै धानको उत्पादनमा निर्भर छ । धानको उत्पादन बढे, कुल गार्हस्थ उत्पादन बढ्छ तर उत्...

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौँ । १९ औँ राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौँ, खाद्यान्नमा आत्मनिर्भर बनौँ’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि।सं २०६१ मंसिर २९ […]

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

१५ असार, काठमाडौं । १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ […]

१९ औँ राष्ट्रिय धान दिवस मनाइने

काठमाडौँ । सरकारले औपचारिक रुपमा यस वर्षको १९औँ राष्ट्रिय धान दिवस आगामी असार १५ गते बुधबार खुमलटारस्थित धानबाली अनुसन्धान केन्द्रमा औपचारिक रुपमा मनाइने भएको छ । ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ खुमलटारको अलवा देशका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै धान दिवस मनाउने कार्यक्रम रहेको कृषि तथा पशुपक्षी विभागले […]

राष्ट्रिय धान दिवस पोखरा

राष्ट्रिय धान दिवस पोखरामा पनि मनाइयोः असार १५ राष्ट्रिय धान दिवस पोखरामा पनि मनाइयो । कोरोनाले गर्दा यस वर्ष संस्थागत ढंगले धान रोपाइँ महोत्सव नभए पनि विभिन्न ठाउँमा स्थानीय किसानहरुले आ—आफ्नो ढंगले एक आपसमा हिलो छ्यापाछ्याप गर्दैै त केही युवाहरु हिलोमै फुटबल खेलेरसमेत असार १५ मनाएका हुन् । पोखरा २५ हेमजामा धान रोपाइँमा सहभागीहरु हिलोमा […]

आज १८औं धान दिवस

काठमाडौं। आज कोरोना महामारीकाबीच १८औं धान दिवस मनाईदै छ। हरेक वर्षको असार १५ गते नेपालमा धान दिवस मनाइँदै आएको छ। खासगरी आजको दिनलाई नेपाली किसानहरुले मानो रोपेर मुरी फलाउने दिनको रुपमा समेत लिन्छन्। कृषि तथा पशुपन्छी मन्त्रालयले सूचना निकाल्दै कोभिड–१९ महामारीमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर धान रोप्न भनेको छ।

धान दिवस मनाउने तयारी

काठमाडौं, जेठ ३१ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रत्येक असार १५ गते मनाइने धान दिवस मनाउने तयारी थालेको छ । कृषि मन्त्रालयअन्तर्गतको कृषि विभागले सो दिवस मनाउने तयारीका लागि आइतवार मातहतका निकायसँग छलफल गरेको छ । विभागका महानिर्देशक डा गोविन्द शर्माले कोभिड–१९ का कारण जारी निषेधज्ञाले गर्दा १८औँ धान दिवस धुमधामसाथ मनाउन नपाए पनि […]