मिटर बिगारेर बढी भाडा असुल्ने ८३ टयाक्सी चालक कारबाहीमा

काठमाडौँ –  महानगरीय ट्राफिक महाशाखाले यात्रुहरूसँग बढी भाडा असुल्ने ८३ जना टयाक्सी चालकलाई कारबाही गरेको छ । सोमबार विभिन्न ठाउँमा जाने क्रममा यात्रुलाई बढी भाडा लिएका टयाक्सीलाई कारबाही गरेको महाशाखाले जनाएको छ । 'यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिट…

सम्बन्धित सामग्री

यात्रुसँग बढी भाडा असुल्ने १५४ सवारीसाधनलाई कारबाही

वीरगञ्ज । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने १५४ ओटा सवारीसाधनलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले साउन महीनामा ती सवारीसाधनलाई कारबाही गरेको हो । सवारी सञ्चालकले यात्रुहरूबाट लिएको बढी भाडा ट्राफिक प्रहरीले फिर्ता गराएको छ । १ हजार ३९७ जना यात्रुले ३ लाख २५ हजार ८९१ रुपैयाँ भाडा फिर्ता पाएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए । यात्रुसँग बढी भाडा लिने सवारीलाई जरीवानासमेत तिराइएको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिए । ट्राफिकले ती सवारीसाधनबाट २ लाख ३४ हजार ५ सय रुपैयाँ जरीवाना पनि असुल गरेको छ । यसैगरी मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४८ जनालाई कारबाही गरेर ४८ हजार रुपैयाँ जरीवाना तिराएको छ । तीव्रगतिमा सवारी चलाउने १९४ जना चालक कारबाहीमा परेका छन् । सो अवधिमा क्षमताभन्दा बढी भार बोकेका १५ ओटा ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको ट्राफिकले बताएको छ । ट्राफिक नियम उल्लंघन गर्ने २१ हजार ३२९ ओटा सवारीसाधन कारबाहीमा परेका छन् । यो कारबाहीबाट १ करोड ७६ लाख रुपैयाँ राजस्व उठेको जैसवारले जानकारी दिए । बितेको १ महीनामा प्रदेश २ मा ५६२ ओटा सवारी दुर्घटना हुँदा ३५ जनाको ज्यान गएको छ । ती दुर्घटनामा १८१ जना घाइते भएको ट्राफिक प्रहरीले बताएको छ । प्रहरीका अनुसार सो अवधिमा गरिएका ८२ ओटा चेतनामूलक कार्यक्रममा १५ हजार २०१ जना सहभागी भएका थिए ।