बेलायतको संदिग्ध इस्लामिक स्टेट (आइएस) समूहका एक सदस्यले अमेरिकी अदालतमा चार अमेरिकी बन्धकको हत्याको षड्यन्त्र रचेको आरोप स्वीकार गरेका छन् । एलेक्जेन्डर कोटे आइएसको ‘द बिटल्स’ नामक सेलका सदस्य भएको आरोप थियो । उक्त सेल इराक र सिरियामा अपहरणमा समावेश थियो ।कोटे र उनका साथी ‘बिटल’ अल शफी अलशेखले अघिल्लो वर्ष अक्टोबरमा सुनुवाईको क्रममा आफूहरु दोषी नभएको बताएका थिए । ३६ वर्षीय कोटे र ३२ वर्षका अलशेखमाथि अमेरिकी पत्रकार जेम्स फोली र स्टीवन सोटलफ र राहतकर्मी पिटर कस