एमालेको स्थायी कमिटी बैठकमा टोपबहादुर रायमाझी पनि सहभागी

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा जारी नेकपा एमालेको स्थायी कमिटी बैठकमा टोपबहादुर रायमाझी पनि सहभागी भएका छन् ।  यसअघिका बैठकमा सहभागी नभएका रायमाझी आज भने सहभागी भएका हुन् ।  पूर्वमाओवादी नेता रायमाझीले आफू माओवादीमै रहेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।  विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न लगातार तीन दिनदेखि बैठक बसिरहेको छ ।  शनिवार र आइतवार दुई दिनसम्म बैठक बसेपनि ठोस निर्णय केही भएको थिएन । बैठक...

सम्बन्धित सामग्री

जेठ २ मा फर्केको एमाले बैठकमा पूर्वमाओवादी पनि सहभागी

जेठ २ को संरचनामा फर्कने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठकमा पूर्व माओवादीका नेताहरु पनि सहभागी भएका छन् ।सोमबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको सहमति अनुसार नेकपा एमालेको २०७५ जेठ २ को एमाले संरचनाअनुसार स्थायी समिति बैठक बस्ने भनिएको थियो । यसो हुँदा फागुन २३ पछि माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरु रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणिचन्द्र थापा बैठकमा सहभागी हुन मिल्दैन । तर मंगलबार तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको बैठकमा पुर्व माओवादीबाट मिसि

बालुवाटारमा ओलीपक्षीय एमाले स्थायी कमिटी बैठक

काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ नेकपा एमालेको स्थायी कमिटी बैठक बसेको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको अध्यक्षतामा मंगलबार साँझ १७ः२५ देखि ७ः४० बजेसम्म स्थायी कमिटी बैठक बसेको हो। बैठकमा विष्णुप्रसाद पौडेल, ईश्वर पोखरेल, प्रदिप कुमार ज्ञवाली, राम बहादुर थापा, सुवासचन्द्र नेम्वाङ, केशव बडाल, पृथ्वीसुब्बा गुरुङ, टोपबहादुर रायमाझी, विष्णु रिमाल लगायतको उपस्थिति थियो। […]