काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको तयारी गर्दैगर्दा नेकपा एमालेले मंसिरमा व्यापक रुपमा महाधिवेशन गर्याे।चितवनमा भएको महाधिवेशनमा एमालेले लाखौँको संख्यामा जनप्रदर्शनसमेत गर्न भ्यायाे। तर, सो महाधिवेशनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले महाधिवेशनलाई पञ्चर्यालीको संज्ञा दिन भ्याए। एमाले महाधिवेशनबारे टिप्पणी गर्दै प्रचण्डले भनेका थिए, ‘तपाईं हामीले एमाले नामको महाधिवेशन पनि देख्यौँ । मैले त पञ्चर्यालीभन