लेबोरेटरी स्कुलमा म्यादी प्रहरीको लिखित परीक्षा (तस्विरमा)

काठमाडौं : नेपाल प्रहरीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि भर्ती गर्ने म्यादी प्रहरीको लिखित परीक्षा भइरहेको छ।बागमती प्रदेशका लागि भर्ती गरिने म्यादी प्रहरीको लिखित परीक्षा आज कीर्तिपुरस्थित लेबेरेटरी विद्यालयको खेल मैदानमा भइरहेको हो।नेपाल प्रहरीको प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार देशभरिका लागि आवश्यक १ लाख १५ हजार म्यादी प्रहरीका लागि भदौ ३० गतेदेखि

सम्बन्धित सामग्री

कास्कीमा छनोट भए १५ सय म्यादी प्रहरी

पोखरा – आउँदो स्थानीय निर्वाचनका लागि कास्कीमा करिब १५ सय जना म्यादी प्रहरी भर्ना गरिएको छ। १ हजार ४ सय ३३ जना उम्मेदवारलाई ४० दिनका लागि भर्ना लिइएको हो । यस्तै, २ सय ८८ जनालाई वैकल्पिकमा नाम निकालिएको छ। लिखित परीक्षा पास गरेका २ हजार ९ सय ५४ जनाबाट मौखिक परीक्षा मार्फत उम्मेदवार छनोट गरिएको […]

ट्याटु खोपेका युवाले म्यादी प्रहरीमा भर्ना हुन नपाएपछि(फोटो फिचर)

चैत १६, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित ल्याबरोटरी विद्यालय परिसरमा अहिले म्यादी प्रहरी छनोटको प्रक्रिया शुरु भइरहेको छ । छनोटमा सहभागी हुन आएका युवाहरुमध्ये ट्याटु खोपेका कतिपय त युवाहरु गेटबाटै छिर्न पाएनन् । प्रहरीले ट्याटु खोपेका युवायुवातीलाई म्यादी प्रहरीको प्रारम्भिक प्रक्रियामा नै सहभागी नगराउने बताएपछि उनीहरु खिन्न बनेका थिए । अझ तीमध्ये एक जना युवाले त ४  हजार रुपैयाँको ट्याटुका कारण ४० हजार रुपैयाँको जागिर नै गुमेको गुनासो गरेका थिए । उनले सोखले बनाएको ट्याटुका कारण प्रहरी बन्नु त परको कुरा ४० दिने कार्यावधिको म्यादी प्रहरी पनि बन्न नपाएको बताए । त्यसैगरी म्यादी प्रहरी छनोटको क्रममा ट्याटु मात्र होइन प्रष्टसँग देखिने घाउ तथा खतलाई निगरानीमा राखिएको छ । उक्त परीक्षणमा  सामान्य लेखपढ मात्र नभएर एसएलसीदेखि  स्नातक उत्तिर्ण युवायुवतीहरु पनि सामेल छन् । उक्त विद्यालय  परिसरमा छनौट प्रक्रियालाई नजिकबाट नियालिरहेका एक जना अभिभावकले ४० दिने कार्यावधिको म्यादी प्रहरी हुन लागेको भिडले मुलुकमा बेरोजगारीलाई स्पष्ट रुपले चित्रण गरेको बताए ।  मंगलवारदेखि शुरु भएको छनोट प्रक्रियामा प्रहरीले आवेदन दिएका युवायुवतीको उचाई, तौल स्वास्थ्य परीक्षण, दौड, पुसअपदेखि विभिन्न प्रक्रियाको परीक्षण गर्ने गरिएको छ ।  स्वास्थ्य तन्दुरुस्ती परीक्षणमा सफल उम्मेदवारको केहि दिनपछि लिखित परीक्षा हुने छ ।  नापतौल,दौड लगायतका विभिन्न प्रक्रिया पुरा गर्ने युवायुवती मात्र म्यादी प्रहरीका लागि योग्य हुने प्रहरी  प्रधान कार्यालयले बताएको छ । उक्त परीक्षणपछि नतिजा भने आगामी चैत २२ गते प्रकाशित हुने छ ।  आगामी चैत २८ गतेदेखि म्यादी प्रहरीको प्रशिक्षण शुरु हुनेछ ।  आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न जिल्लाबाट म्यादी प्रहरी भर्ना गर्न शुरु गरिएको छ । म्यादी प्रहरीको जम्मा तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्नबापतको एकमुष्ट ७ हजार २०० रुपैयाँ र अन्य पोसाक तथा सामान खरीद गर्नेगरी प्रतिव्यक्ति ६ हजार रुपैयाँ उपलब्ध हुनेछ । निर्वाचनका क्रममा म्यादी प्रहरीलाई खटिएको ठाउँमा जान आउन तयारी स्वरूप प्रतिम्यादी प्रहरी (एक पटकका लागि) १ हजार रुपैयाँ उपलब्ध हुने छ । सरकारले म्यादी प्रहरीलाई  बीमा सुविधा पनि दिएको छ । यसैक्रममा अभियान संवाददाता सुनिल शर्माले म्यादी प्रहरी छनौटका गतिविधिलाई आफ्नो क्यामेरामा  कैद गरेका  छन् । तस्वीरमा हेरौं :

सजिलो छैन म्यादी प्रहरी बन्न (फोटो फिचर)

१५ चैत, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह चुनावमा म्यादी प्रहरी बन्न आवेदन दिएकाहरुको शारीरिक परीक्षण सुरु भएको छ । म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा विधि अपनाइँदै छ । म्यादी प्रहरी बन्न २ लाख ९३ हजार २ सय १६ जनाले […]

मोरङमा ६ हजार बढीले म्यादी प्रहरीका लागि दिए परीक्षा

विराटनगरः मंसिरमा हुने निर्वाचनका लागि म्यादी प्रहरी बन्न मोरङ जिल्लामा छ हजार २२९ जनाले लिखित परीक्षा दिएका छन्। म्यादी प्रहरीमा भर्नाका लागि निवेदन दिएकामध्ये शारीरिक तन्दुरुस्ती परीक्षा पास गरेका छ हजार बढीले लिखित परिक्षा दिएका हुन्। जिल्लामा तीन हजार १५७ जना म्यादी प्रहरीको कोटा रहेको छ। विरा...

म्यादी प्रहरीले दिए लिखित परीक्षा

प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरी छनोटकाे लागि लिखित परीक्षा संञ्चालन गरिएकाे छ । पहिलो चरण अन्तर्गत दाैड पास भएकाहरुले मंगलबर गुल्मीको सदरमुकाम तम्घासको चिदिचौरमा सामुहिक लिखित परिक्षा दिएका छन् । लिखित परिक्षाको लागि ३० मिनेटको समय छुट्टाइएको थियो ।