काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयको निरीक्षण गरेका छन् । विद्यालय सञ्चालन भइरहेकै अवस्थामा मन्त्री पौडेल विद्यालयमा पुगेर प्रत्येक कक्षा कोठाको निरिक्षण गरेका थिए । अनुगमनका क्रमममा मन्त्री पौडेलले भविष्यका कर्णधार बनाउने जिम्मा शिक्षकको काँधमा रहेको भन्दै त्यसतर्फ गम्भीर भएर लाग्न समेत शिक्षकहरुलाई निर्देशन दिएका छन् । यस विद्यालयमा […]