डिफेन्डिङ च्याम्पियनसँग न्युजिल्यान्डको बदला

काठमाडौं । डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डसँग न्युजिल्यान्डले मीठो बदला लिएको छ । आईसीसी विश्वकप क्रिकेटअन्तर्गत पहिलो खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ९ विकेटले हराएको हो । यो जितसँगै न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्ध गत विश्वकप २०१९ को फाइनलमा हारेको बदला लिन सफल भएको हो । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा बिहीबार भएको खेलमा इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २ सय […]

सम्बन्धित सामग्री

रेबकिनामाथि जाबेरको बदला

ओन्स जाबेरले एक सेटले पछाडि रहेको स्थिति उल्टाएर डिफेन्डिङ च्याम्पियन एलिना रेबकिनालाई पराजित गर्दै बुधबार विम्बल्डन टेनिसको अन्तिम चारमा प्रवेश गरेकी छन् । यससँगै जाबेरले रेबकिनामाथि गत वर्षको विम्बल्डन फाइनलमा बेहोरेको हारको बदला पूरा गरेकी छन् ।

इङ्ल्याण्डको सानदार जित

टी–२० विश्वकप क्रिकेटमा इङ्ग्ल्याण्डले ६ विकेटको जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिजविरुद्ध स्तब्ध पार्दै इङ्ग्लिस टोली विजयी भएको हो । आजको खेल डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिजका लागि ब्याड लक रह्यो । कुनै पनि ब्याट्सम्यान चल्न नसक्दा १४ ओभरमा डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिजले मात्र ५५ रन बनाएर अलआउट भयो । जवाफी ब्याटिङ गरेको  इङल्यान्डले ८ ओभर २ बलमै लक्ष्य भेट्न सफल भयो । यस जीतसँगै इङ्ल्यान्डले अघिल्लो संस्करणको हालको बदला पनि लिएको छ ।

पुलिससँग थ्री स्टार स्तब्ध

पोखरा । डिफेन्डिङ च्याम्पियन रुस्लान थ्री स्टार क्लब १८औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमाबाटै बाहिरिएको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा थ्री स्टार विभागीय टोली नेपाल पुलिस क्लबसँग ३–० ले स्तब्ध हुदै प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको हो । यससँगै पुलिसले लिगमा बेहोरेको १–० को हारको बदला लिन सफल भएको छ । लिगपछि यि दुई …