टी–२० विश्वकप क्रिकेटमा इङ्ग्ल्याण्डले ६ विकेटको जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिजविरुद्ध स्तब्ध पार्दै इङ्ग्लिस टोली विजयी भएको हो ।
आजको खेल डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिजका लागि ब्याड लक रह्यो । कुनै पनि ब्याट्सम्यान चल्न नसक्दा १४ ओभरमा डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिजले मात्र ५५ रन बनाएर अलआउट भयो ।
जवाफी ब्याटिङ गरेको इङल्यान्डले ८ ओभर २ बलमै लक्ष्य भेट्न सफल भयो । यस जीतसँगै इङ्ल्यान्डले अघिल्लो संस्करणको हालको बदला पनि लिएको छ ।