सरकारले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । सरकारले अधिकारीलाई निलम्बन गर्दै कार्यबाहक गभर्नरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगानालाई दिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । आर्थिक अवस्था डामाडोल हुँदै गएको, राष्ट्र बैंकको गर्भनरका हैसियतमा गर्नुपर्ने कामकारवाहीमा प्रश्न चिह्न खडा भएको भन्दै स्रोतले गम्भीर आरोप लागेकाले गभर्नरबारे अध्ययन गर्न छानबिन समिति गठन गरिएको जनाएको […]