काठमाडौँ,१८ वैशाख । युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार’ यस वर्ष सिस्नुपानी नेपाल संस्थालाई प्रदान गर्ने भएको छ । हास्यब्यङ्ग्यका माध्यमबाट देशको विकृति, विसङ्गति र बेथितिलाई चिर्दै जागरणको शङ्खघोषमा दिएको योगदान मूल्याङ्कन गर्दै प्रतिष्ठानले सिस्नुपानीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा भएको बैठकले युगकवि सिद्धिचरण श्रेष्ठको १११औँ जन्मजयन्तीका अवसरमा […]