एलआईसीको आईपीओको आकार ४० % ले घटाउँदै भारत

वैशाख ९, नयाँ दिल्ली (भारत) । भारतले सरकारी बीमा कम्पनी लाइफ इन्सुरेन्स कर्पोरेशन (एलआईसी) ले प्राथमिक शेयर(आईपीओ) निष्कासनमार्फत ३ खर्ब रुपया उठाउन खोजेको छ । यो यसअघि अनुमान गरिएको भन्दा झन्डै ४० प्रतिशत कम हो । युक्रेनमाथि रुसले आक्रमण गरेपछि मूल्यांकन र माग घटेकोतर्फ औंल्याउँदै अधिकारीहरुले आईपीओको अनुमानित आकार कम गरेका हुन् । अधिकारीहरुले कम्पनीको सूचिकरण आगामी २ हप्तामा सम्पन्न गराउन खोजेका छन् । आईपीओको अनुमानित आकार घटेपनि यो भारतको सबैभन्दा ठूलो आईपीओ हुनेछ । आईपीओपछि एलआईसीको मूल्यांकन ६० खर्ब रुपयाँ आसपास हुने बताइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले कम्पनीको ७ प्रतिशतसम्म शेयर बेचेर ५ खर्ब रुपया सम्म उठाउन खोजेको थियो । तर लगानीकर्ताहरुबाट आईपीओको माग धेरै नभएकोले सरकारले ५ प्रतिशतभन्दा थोरै बढी शेयर मात्रै विक्रीका लागि राख्न लागेको छ । आईपीओबाट उठाइने रकमले पेटीएम सञ्चालक वन ९७ कम्युनिकेशन्स लिमिटेडको आईपीओलई उछिन्नेछ । नोभेम्बरमा जारी गरिएको पेटीएमको आईपीओमा १ खर्ब ८३ अर्ब रुपयाँ उठेको थियो । यस वर्षको अहिलेसम्मको अवधिमा भारतीय कम्पनीहरुले आईपीओमार्फत १ अर्ब १० करोड डलर संकलन गरिसकेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा आधाभन्दा पनि कम हो । एजेन्सी

सम्बन्धित सामग्री

दोलखामा माओवादीका कार्कीसँग मतान्तर घटाउँदै एमालेका शिवाकोटी

काठमाण्डाै - प्रतिनिधि सभातर्फ दोलखामा भइरहेको मतगणनामा सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्कीले अग्रता कायमै छ । कार्कीले ३३ हजार ३ सय २६ र एमालेका बालकृष्ण शिवाकोटीले ३३ हजार १ सय ६३ मत ल्याउनुभएको छ । शिवाकोटीले मतान्तर घटाउँदै लैजानु भएको छ । पछिल्लो मत परिणाम अनुसार शिवाकोटी कार्कीभन्दा १ सय ६३ मतले पछाडि हुनुहुन्छ । राति २ सय ६३ मतले पछाडि परेका शिवाकोटीले मतान्तर घटाउँदै १ सय ६३ मा झार्नु भएको हो । मत गणनाको दुई दिनसम्म अग्रता लिएका कार्की अस्ति रातिदेखि भने पछि पर्नुभएको थियो । तर हिजो दिउँस...

कुसियैतसँग मतान्तर घटाउँदै मन्त्री कार्की

१५ मंसिर, धरान । सुनसरी क्षेत्र नम्बर-४ मा तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमालेका जगदिशप्रसाद कुसियैतसँग मतान्तर घटाउँदै लगेका छन् । यसअघि उनी कुसियैतभन्दा ८२ मतान्तरले पछि परेका थिए । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार कार्कीले मत अन्तर २७ मा झारेका छन् । जनता समाजवादी पार्टीको सहयोगमा उम्मेदवार रहेका कुसियैतले २९ हजार […]

बझाङमा भानुभक्तले मतान्तर घटाउँदै लगेपछि मत गणनास्थलको सुरक्षा व्यवस्था कडा

बझाङमा प्रतिनिधिसभा सदस्य उम्मेदवार भानुभक्त जोशीले मतान्तर घटाउँदै लगेका छन् । उनले नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महरलाई पच्छ्याउँदै गएका छन् । उनले आफ्नो मतान्तर घटाउँदै लगेका हुन् । महरले १५ हजार ५५१ मत पाएका छन् । भने नेकपा एकीकृत समाजवादीका जोशीले १५ हजार ३३ मत पाएका छन् । दुवै जनाबीच ५१८ मतको भिन्नता छ । बझाङको बुङल नगरपालिका र जयपृथ्वी नगरपालिकाको मत गणना अन्तिम चरणमा पुगिसकेको छ । त्यस्तै केदारस्यु, दुर्गाथली, थलारा लगायतका क्षेत्रको मत गणना गर्न बाँकी छ । जोशीले मतान्तर घटा

रेखासँग मतान्तर घटाउँदै शंकर

७ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलले माओवादी केन्द्रकी रेखा शर्मासँगको मतान्तर घटाउँदै लगेका छन् । मंगलबार (हिजो) बेलुकीसम्म झण्डै दुई हजार मत अन्तरले पछि परेका पोख्रेलले बुधबार (आज) बिहानसम्म मत अन्तर १६०० मा झारेका छन् । आज बिहानको मत परिणाम अनुसार रेखाले १४ हजार १०७ मत पाएकी […]

रविले मतान्तर घटाउँदै

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मतान्तर घटाउँदै लगेका छन्।...

खाना पकाउने ग्यासमा दिइँदै आएकाे अनुदान घटाउँदै लगिने

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्षदेखि खाना पकाउने एलपी ग्यासमा दिइँदै आएको अनुदान क्रमशः घटाउँदै लैजाने घोषणा गरेको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले खाना पकाउने ग्यासमा दिँदै आएको अनुदान क्रमशः घटाउँदै लैजाने बताउनुभएको हो ।  यसाे गर्दा ग्यासको खपत कम भइ विद्युत् प्रयोगलाई प्रोत्साहन गर्ने शर्माले बताउनुभयो । अहिले सरकारले एक सिलिन्डर ग्यासमा आठ सय रुपैयाँ अनुदान दिँदै आएको छ ।

ब्यास नगरपालिकामा जोशीसँगको मतान्तर घटाउँदै न्यौपाने

७ जेठ, तनहुँ । तनहुँको ब्यास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले स्वतन्त्र उम्मेदवार दीपकराज जोशीसँगको मतान्तर घटाउँदै लगेका छन् । १९ हजार ४२७ मत गणना हुँदा जोशीले सात हजार ८४२ मत पाएका छन् भने न्यौपानेले सात हजार ७८२ मत पाएका छन् । जोशी भन्दा न्यौपाने ६० मतले पछि छन् । १४ वडा रहेको […]

पोखरा-२३ को मत गणनासँगै मतान्तर घटाउँदै कृष्ण थापा

नेकपा एमालेका उम्मेदवार थापाले गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार धनराज आचार्यसँगको मतान्तर घटाउँदै लगेका हुन्।...

भतरपुरमा मत अन्तर घटाउँदै सुवेदी

चितवनको भरतपुर महानगरपालिकामा बिजय सुवेदीले मत अन्तर घटाउँदै लगेका छन्। भरतपुर महानगरको वडा नम्बर २ को मतगणना सुरु भएपछि सुवेदीले मत अन्तर घटाउँदै लगेका हुन्।...

भरतपुरमा रेणुसँगको मतान्तर घटाउँदै सुवेदी

चितवन, १ जेठ । भरतपुर महानगरपालिकामा मेयरका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले रेणु दाहालसँगको मतान्तर कम गर्दै लगेका छन् । महानगरको वडा २ को मतगणना जारी भइरहहँदा सुवेदीले मतान्तर घटाउँदै लगेका हुन् । मतान्तर घटाएर सुवेदीले ७४मात्रै पुर्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले हालसम्म ४९७ मत प्राप्त गरेका छन् । ३९७७ मत गणना […]