स्वास्थ्य बीमा गर्दा ५० प्रतिशत छुट

धनकुटा– छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ ।  यसका लागि तिर्नुपर्ने तीन हजार पाँच सयमा बाँकी रकम पालिकाले तिरिदिने निर्णय गरेको छ । यसका लागि चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गरी पालिकाले ६८ लाख बजेट विनियोजन समेत गरेको छ। बीमा कार्यक्रमबाट […]

सम्बन्धित सामग्री

बुढ्यौलीको सहारा स्वास्थ्य बीमा

यो कार्यक्रम अति गरिब, अशक्त, अपाङगता भएका व्यक्ति कुष्ठरोगी, एचआइभी सङक्रमित एमडिआर टीबी  बिरामी भएका परिवारका साथै ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई सतप्रतिशत एवंम् महिला स्वास्थ्य स्वयंसेविकाका परिवारलाई ५० प्रतिशत रकम योगदानको रकममा छुट हुने छ।

एक हजार परिवारमा स्वास्थ्य बीमा

कास्कीको अन्नपूर्ण गाउँपालिकाले आफ्ना गाँउका जनताको स्वास्थ्यमा विषेश ध्यान दिँदै स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ । गाउँका जनताको स्वास्थ्यमा विषेश सहयोग पुग्ने गरी गाउँपालिकाले स्वास्थ्य बीमामा ५० प्रतिशत व्यहोर्ने गरी उक्त कार्यक्रम लागू गरेको अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिष्णु केसीले सोमबार कास्कीको अन्नपूर्ण गाउँपालिका १०, घान्द्रुकमा आयोजित एक कार्यक्रममा बताएका हुन् । करिव २४ हजार […]

छथर जोरपाटी गाउँपालिकाले स्वास्थ्य बीमा बापतको ५० प्रतिशत रकम तिरिदिने

छथर जोरपाटी गाउँपालिकाले पालिकाका सबै नागरिकको ५० प्रतिशतमै स्वास्थ्य बीमा गरिदिने भएको छ । स्वास्थ्य बीमाको लागि रकम तिर्न नसक्दा उपचारमा लाखौं खर्च गर्न परेको र बीमा नगरेका कारण कतिपयले मृत्युबरण समेत गर्नु परेको स्थिति रोक्न पालिकाले आधा  मै बीमा गरिदिन लागेको हो । नेपाल सरकारले पाँच जनाको परिवारले ३५ सय तिर्दा वार्षिक एक लाख बराबरको स्वास्थ्य बीमामार्फत उपचार सेवा दिँदै आएको छ । गाउँपालिकाले ५० प्रतिशत स्वास्थ्य बीमामा सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्ब

५० प्रतिशत परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने सरकारको लक्ष्य

स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षभित्र ५० प्रतिशत परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरिने जनाएको छ । बोर्डले स्वास्थ्य बीमामा आबद्ध घरपरिवारको सङ्ख्या चालु आर्थिक वर्षमा ५० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको हो ।स्वास्थ्य बीमामा आबद्ध घरपरिवार सङ्ख्या हाल ३३ प्रतिशत छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन १७ बुँदे नीति तथा कार्यक्रम अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीलाई बुझाएका छन् ।यस्तै, बोर्डले बीमाको सूचना प्रविधिका लागि नय

काठमाडौं महानगरले करदाताको स्वास्थ्य बीमा गर्न ५० प्रतिशत अनुदान दिने

५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले करदाताको स्वास्थ्य बीमा गर्ने नीति ल्याएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै कररदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने घोषणा गरे ।

वडाध्यक्षद्वारा स्वास्थ्य बीमामा ५० प्रतिशत छुटको घोषणा

सिरहा औरही गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रामपृत यादवले शुक्रबार पदभार ग्रहण गरेका छन् । स्थानीय तहमा जसपाबाट अध्यक्षमा निर्वाचित यादवले आज पदभार ग्रहण गर्दै वडावासीका लागि स्वास्थ्य बीमा गराउँदा ५० प्रतिशत सहयोग गर्ने घोषणा गरेका हुन् । उनले औरही वडा नम्बर ५ का सम्पूर्ण नागरिकलाई स्वास्थ्य बीमा ऐन २०७४ र स्वास्थ्य नियमावली २०७५ बमोजिम मापदण्ड तथा प्रक्रिया  अपनाई ५० प्रतिशत स्वास्थ्य बीमा शुल्क प्रदान गर्ने बताए । उनी स्थानीय चुनावमा एक मतले अध्यक्षमा विजय भएका थिए ।

विपन्न बर्गको स्वास्थ्य बीमाको आधा रकम चन्द्रकोट गाउँपालिकाले बेहोर्ने

गुल्मीको चन्द्रकोट गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष युवराज खत्री क्षेत्रीले विपन्न परिवारको स्वास्थ्य बीमा रकमको ५० प्रतिशत रकम गाउँपालिकाले अनुदान दिने निर्णय गरेका छन् । शुक्रवार कार्यभार ग्रहण गर्दै अध्यक्ष खत्रीले पहिलो निर्णयका रुपमा यस्तो घोषणा गरेका हुन् ।उनले स्वास्थ्य बीमा कार्यक्रम विशेषतः गरिब बिपन्न परिवारका लागि ठूलो राहत कार्यक्रम हुँदाहुँदै पनि आर्थिक अभावका कारण स्वास्थ्य बीमा गराउन नसकी निःशुल्क उपचार गराउन बन्चित भएको भन्दै बिपन्न बर्गको पहुँचमा पुराउन यस्तो निर्णय गरिएको बताए

स्वास्थ्य बीमा शुल्कको ५० प्रतिशत रकम काठमाडौं महानगरले ब्यहोर्ने

काठमाडौं। नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत महानगरवासीको स्वास्थ्य बीमा शुल्कको ५० प्रतिशत रकम काठमाडौं महानगरले ब्यहोर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बिरामीको उपचारमा सहयोग होस् भनेर बीमा शुल्क ब्यहोर्ने नीति लिएको मेयर शाक्यले बताए। महानगरपालिका क्षेत्रभित्र महानगर सुलभ फार्मेसी सञ्चालन गर्न प्रोत्साहन गर्ने कर र अन्य शुल्कमा सहुलीयतसमेत महानगरले प्रदान गर्ने भएको छ।

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न ७ अर्ब ५० करोड

काठमाडौं। सरकारले आर्थिक वर्ष २०७८÷७९ मा स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्न ७ अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। “आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी न्यूनतम ५० प्रतिशत परिवारलाई बीमाको दायरामा ल्याइनेछ। स्वास्थ्य बीमा बोर्डको संस्थागत क्षमता अभिवृद्धि गरिनेछ। बीमा कार्यक्रमको दीगोपनाको लागि वैकल्पिक वित्तीयस्रोतको व्यवस्था गरिनेछ,” आज बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने।