५० प्रतिशत परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने सरकारको लक्ष्य

स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षभित्र ५० प्रतिशत परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरिने जनाएको छ । बोर्डले स्वास्थ्य बीमामा आबद्ध घरपरिवारको सङ्ख्या चालु आर्थिक वर्षमा ५० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको हो ।स्वास्थ्य बीमामा आबद्ध घरपरिवार सङ्ख्या हाल ३३ प्रतिशत छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन १७ बुँदे नीति तथा कार्यक्रम अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीलाई बुझाएका छन् ।यस्तै, बोर्डले बीमाको सूचना प्रविधिका लागि नय