कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित

काठमाडौं  : नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम फेरि स्थगित भएको छ। यसअघि आइतबार साँझ गर्ने भनिएको घोषणापत्र सार्वजनिकको कार्यक्रम सोमबार बिहान साढे १० बजेसम्मका लागि स्थगित भएको थियो। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्म घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको जानकारी दिए। संकल्पपत्र नाम दिइएको घोषणापत्र कांग्रेसको घोषणापत्र निर्माण समितिले शुक्रबार नै पारित गरेको थियो। कांग्रेसले महाम