आम्दानी घटेसँगै घट्यो प्रिमियर इन्स्योरेन्सको नाफा, प्रतिशेयर आम्दानी कति ?

जेठ १, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १२ प्रतिशत घटेको छ ।  कम्पनीले गत आवमा रू. २८ करोड ९६ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. २५ करोड ४२ लाखमा सीमित भएको हो ।चालू आवमा कम्पनीको आम्दानी घटेकाले नाफा घट्न पुगेको हो । गत आवको तुलनमा चालू आवमा कम्पनीको आम्दानी ८ दशमलव ६४ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ४६ करोड  ७६ लाख आम्दानी भएकोमा चालू आवमा रू. ४२ करोड ७२ लाख भएको हो ।  कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २२ करोड रहेको छ भने जगेडामा रू. ३५ करोड ७७ लाख सञ्चित गरेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको बीमा कोषमा रू. ९६ करोड ६० लाख जम्मा भएको छ । यो बीमाकोष गत आवको तुलनामा १९ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीको बीमा कोषमा रू. ८१ करोड ५ लाख थियो ।  बीमाशुल्क आर्जन भने गत आवको तुलनामा चालू आवमा १८ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले कुल रू. १ अर्ब ३८ करोड बीमाशुल्क आर्जन भएकोमा चालू आवमा रू. १ अर्ब ६४ करोड आर्जन भएको हो । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २७ दशमलव ६१,मूल्य आम्दानी अनुपात ३० दशमलव ४२ गुणा र प्रतिशेयर नेटवर्थ रू. २१२ दशमलव ३५ रहेको छ । 

सम्बन्धित सामग्री

आम्दानी घटेसँगै घट्यो लुम्बिनी जनरल इन्स्योरेन्सको नाफा, प्रतिशेयर आम्दानी कति ?

वैशाख ३०, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३० प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. १३ करोड ७७ लाख नाफा कमाएकोमा चालू आवमा रू. ९ करोड ५५ लाखमा झरेको हो ।  चालू आवमा कम्पनीको आम्दानी घटेसँगै नाफा घट्न पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको आम्दानी १६ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. २३ करोड ६ लाख आम्दानी गरेकोमा चालू आवमा रू. १९ करोड ३४ लाखमा झरेको हो ।  कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १९ करोड रहेको छ भने जगेडामा रू. ३१ करोड १७ लाख सञ्चित गरेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको बीमा कोषमा रू. ७७ करोड १७ लाख जम्मा भएको हो ।  सो अवधिमा कम्पनीले कुल रू. १ अर्ब १५ करोड बीमाशुल्क आर्जन गरेको हो ।यो बीमाशुल्क गत आवको तुलनमा १३ प्रतिशत वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. १ अर्ब १ करोड कूल बीमाशुल्क आर्जन गरेको थियो । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १० दशमलव ६२, मूल्य आम्दानी अनुपात ६५ दशमलव ७० गुणा र प्रतिशेयर नेटवर्थ रू. १९३ दशमलव २८ रहेको छ ।