आम्दानी घटेसँगै घट्यो लुम्बिनी जनरल इन्स्योरेन्सको नाफा, प्रतिशेयर आम्दानी कति ?

वैशाख ३०, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३० प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. १३ करोड ७७ लाख नाफा कमाएकोमा चालू आवमा रू. ९ करोड ५५ लाखमा झरेको हो ।  चालू आवमा कम्पनीको आम्दानी घटेसँगै नाफा घट्न पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको आम्दानी १६ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. २३ करोड ६ लाख आम्दानी गरेकोमा चालू आवमा रू. १९ करोड ३४ लाखमा झरेको हो ।  कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १९ करोड रहेको छ भने जगेडामा रू. ३१ करोड १७ लाख सञ्चित गरेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको बीमा कोषमा रू. ७७ करोड १७ लाख जम्मा भएको हो ।  सो अवधिमा कम्पनीले कुल रू. १ अर्ब १५ करोड बीमाशुल्क आर्जन गरेको हो ।यो बीमाशुल्क गत आवको तुलनमा १३ प्रतिशत वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. १ अर्ब १ करोड कूल बीमाशुल्क आर्जन गरेको थियो । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १० दशमलव ६२, मूल्य आम्दानी अनुपात ६५ दशमलव ७० गुणा र प्रतिशेयर नेटवर्थ रू. १९३ दशमलव २८ रहेको छ ।

सम्बन्धित सामग्री

लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सको साधारण सभा बिहीवार हुँदै

काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीको वार्षिक साधारण सभा भोलि बिहीवार हुँदै छ । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीले बिहीवार साधारण सभा आयोजना गरेका हुन् ।  लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १८औं वार्षिक साधारण सभा अमृतभोग क्याटरिङ कालिका स्थान डिल्ली बजार, काठमाडौंमा बिहान १० बजे शुरू गर्ने जानकारी दिएको छ । सभाले ६ दशमलव ९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले यस कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ २७ गते बुक क्लोज गरेको थियो । यस आधारमा माघ २६ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।  त्यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीले २६औं वार्षिक साधारण सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजे शुरू गर्ने जानकारी दिएको छ । सभाले १२ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले लुम्बिनी जनरल इन्स्योरेन्ससँगको मर्जरसम्बन्धी प्रस्तावहरू पारित गर्नेछ । कम्पनीमा संस्थापक शेयरधनी समूहअन्तर्गत नेपाली संस्थापक शेयरधनी समूहको ५१ प्रतिशत संयुक्त साझेदार, वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पीएलसी श्रीलंकाको २० प्रतिशत गरी संस्थापक शेयरधनी स्वामित्व ७१ प्रतिशत रहेकोमा नेपाल बीमा प्राधिकरणको सैद्धान्तिक सहमतिबमोजिम नेपाली संस्थापक शेयरधनी समूहले धारण गरेको ५१ प्रतिशत शेयरमध्ये २० प्रतिशत शेयर समानुपातिक रूपमा सर्वसाधारण शेयरधनी समूहमा परिणत गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २७ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २६ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ७ प्रतिशत बोनस सेयर दिने

१४ पुस, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ७ प्रतिशत बोनस सेयर दिने भएको छ । १३ मंसिर बुधबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी १ अर्ब ३१ करोड २७ लाख ८४ हजार ५५० रुपैयाँको ७ प्रतिशत […]

लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी अस्पतालबीच सम्झौता

काठमाडौं, २६ भदौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. बाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुबिधा प्राप्त गर्न सक्ने भएका छन् । बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि बीमितहरुले उपचार सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यस सम्बन्धी सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एन.पि. […]

लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पतालबीच सम्झौता

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुबिधा प्राप्त गर्नसक्ने भएका छन् ।यस सम्बन्धी सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले हस्ताक्षर गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जरको प्रारम्भिक सम्झौता

३० असार, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्जर हुने भएको छ । ३० असार आज दुई कम्पनीब बीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा सगरमाथा इनस्योरेन्सको तर्फबाट सञ्चालक लोकमान्य गोल्छा र लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट सञ्चालक अरुणराज श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जर सम्झौतासँगै नेप्सेमा […]

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ औं वार्षिक सभा

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम

काठमाडौँ – लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संखुवासभाको खाँदबारीमा ३ दिने कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न गरेको छ। तालिममा बीमा समितिका उपनिर्देशक निर्मल अधिकारी र कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाले सहभागीहरुलाई तालिम प्रदान गरेका थिए। तालिममा जिल्ला समन्वय समितिका संयोजक सुमन शाक्य, जिल्ला पशु सेवा कार्यालयका प्रमुख हिमालय पोखरेललगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो। तालिममा […]

लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत लाभांश पारित

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले भर्चुअल माध्यमबाट सभा सम्पन्न गरेको हो । सभामा ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश सेयर गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।त्यस्तै, सभाले सञ्चालक समितिको १६औं वार्षिक प्रतिवेदन २०७६/०७७ पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ साल […]

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश पारित हुँदै

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले जेठ २८ गते वार्षिक साधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको साधारणसभा गर्न आगामी आर्थिक वर्ष सुरु हुनु एक महिना बाँकी छँदा समय तोकिएको हो ।कम्पनीले साधारणसभाबाट लाभांश पारित गर्ने छ । कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेअनुसार ५ प्रतिशत बोनस सेयर पारित गरिने कम्पनीले जनाएको छ । अहिले कम्पनीको चुक्ता पुँजी […]