एक हप्तापछि एकतर्फी खुल्यो पर्वत-बागलुङ सडक

२४ भदौ, पोखरा । भदौ १७ गतेको पहिरोले ठाउँठाउँमा क्षति पुर्‍याएपछि पूर्ण रुपमा बन्द भएको मध्यपहाडी लोकमार्ग अन्तर्गतको पर्वत-बागलुङ खण्ड बिहीबारदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । तीन दिनसम्म लगातार मर्मतको काम गरेपछि साँझ ६ बजेदेखि एकतर्फी रुपमा सडक खुलेको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । ‘ठाउँठाउँमा पहिरो गएर पूरै हाइवे अवरुद्ध भएपछि समस्या […]