अलपत्र छन् करोडौँ लगानीका भेरी कोरिडोर आयोजनाका लिफ्ट सिँचाइ

राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गतको भेरी कोरिडोर सिँचाइ विकास आयोजनामार्फत निर्माण गरिएका अधिकांश लिफ्ट सिँचाइ आयोजनाहरू प्रयोगमा नआई अलपत्र अवस्थामा छन् ।

सम्बन्धित सामग्री

जाजरकोटका लिफ्ट सिँचाइ योजना अलपत्र

जाजरकोटमा सञ्चालनमा रहेका लिफ्ट सिँचाइ योजनाहरु अलपत्र परेका छन् । योजना निर्माण कार्य सम्पन्न भएको भनि जिल्ला कृषि विकास कार्यालयले सबैको भुक्तानी दिइसकेको भए पनि योजना भने अलपत्र परेका छन् । लिफ्ट गरेर भेरी नदीबाट ट्यांकीसम्म ल्याइएको पाइपले ट्यांकीसम्म नै नजोडी बीच बाटोमै अलपत्र पर्दा कृषकहरुलाई सिँचाइ गर्न समस्या भएको हो । भेरी नगरपालिका–१ रिम्ना […]

कुदुमा एकैपटक तीनवटा लिफ्ट सिँचाइ योजना

सुर्खेत : भेरी नगरपालिका–१३ कुदु जाजरकोटका स्थानीय बासिन्दाले खानेपानी सहित सिँचाइ सुविधा पाउने भएका छन्।यहाँ एकैपटक तीनवटा लिफ्ट सिँचाइ योजना निर्माणको अन्तिम चरणमा पुगेपछि कुदुवासी असोजसम्म खानेपानी र सिँचाइ सुविधा पाउने भएका हुन्। असोजसम्म तीनवटै योजनाहरू निर्माण कार्य पूरा हुने लक्ष्यका साथ काम भइरहेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए। कुदुको  ११० हेक्टरभन्दा बढी जमिनलाई सिँचाइ पुग्ने मन्त्री सिंहले बताए।भेरी नदीको पानीलाई लिफ्टमार्फत कुदुमा ल्याई यहाँ

लिफ्टबाट गाउँमै पानी पुगेपछि स्थानीय दंग

सुर्खेत : जाजरकोटको भेरी नगरपालिका–१२, विष्णेचौरमा लिफ्ट  सिँचाइमार्फत  गाउँमै  पानी  आएपछि  गाउँका बासिन्दा खुसी भएका हुन्।सिँचाइ   सुविधाद्वारा   कृषि   उत्पादन   बढाउन,   आयआर्जनमा   सुधार   ल्याउनका लागि ८० प्रतिशत  अनुदान  सहयोगमा उक्त लिफ्ट सिँचाइ योजना निर्माण गरिएको हो।सिँचाइका लागि ल्याइएको पानी प्रशोधन गरेर पिउनयोग्य बनाइएको स्थानीयबासीले जानकारी दिएका छन्।विष्णेचौरवासीले पुर्

लिफ्टमार्फत गाउँगाउँमा पानी पुग्दा स्थानीय हर्षित

जाजरकोट – जिल्लाको भेरी नगरपालिका-१२ विष्णेचौरमा लिफ्ट सिँचाइमार्फत पानी आएपछि गाउँका बासिन्दा खुसी भएका छन्। सिँचाइ सुविधाद्वारा कृषि उत्पादन बढाउन र आयआर्जनमा सुधार ल्याउनका लागि ८० प्रतिशत अनुदान सहयोगमा उक्त लिफ्ट सिँचाइ योजना निर्माण गरिएको हो। सिँचाइका लागि ल्याइएको पानी प्रशोधन गरेर पिउनयोग्य बनाइएको स्थानीयवासीले जानकारी दिएका छन्। विष्णेचौरवासीले पुर्खौँदेखि पानीका लागि दुःख भोग्दै आएका […]

भेरी कोरिडोर लिफ्ट सिँचाइ : पानी पुगेपछि बाँझो खेत हरियाली

सुर्खेत । भेरी कोरिडोर लिफ्ट सिँचाइ आयोजनाबाट किसानले लाभ लिन थालेका छन् । भेरी नदी किनाराको जमिनमा सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालित उक्त परियोजनाबाट पानी पुगेपछि कृषकले बाँझो खेत हरियाली बनाएका छन् । अहिले सौर्य शक्तिमा आधारित लिफ्ट प्रविधिको माध्यमबाट आयोजनाको पानी खेतसम्म पु¥याइएको छ । सिँचाइ सुविधा पुगेपछि तरकारी उत्पादन गरेर कृषकले आयआर्जन गर्न थालेका छन् । केही समय पहिले भेरी नदी किनारका गाउँलाई पानी माथिको ओभानो बस्ती भनेर चिनिन्थ्यो । खेतीपातीका लागि किसानले आकाशे पानी कुर्नुपथ्र्यो । आकाशे पानीको भरमा खेती गरेर उब्जाइएको अन्नले वर्षभर खान पुग्दैनथ्यो । तर, अहिले लिफ्ट सिँचाइ आयोजना सञ्चालन भएपछि गाउँको मुहार नै फेरिएको छ । बाह्रै महीना गाउँमा सिँचाइ सुविधा पुगेपछि कतिपय युवा विदेश जाने सोच त्यागेर गाउँमै तरकारीखेतीमा लागेका छन् । यसबाट मनग्गे आम्दानी गर्न सफल भएको स्थानीय अगुवा कृषक देवेन्द्र ठकुरीले बताए । वर्षौंदेखि सुक्खा जमिनमा आयोजनाले सिँचाइ पुर्‍याएपछि कृषक उत्साहित छन् । अहिले आधुनिक तरकारीखेतीसँगै धान, गहुँ र मकै जस्ता अन्नबालीको उत्पादन वृद्धिले जीवनस्तरमै सुधार आएको अर्का कृषक मनसरा खड्काले बताइन् । आयोजनाले यस वर्ष पूर्वी सुर्खेतको घोरेटादेखि सल्यानको देवस्थल हुँदै पश्चिम सुर्खेतको घाटगाउँसम्म १२५ किलोमिटर क्षेत्रमा सोलार सिँचाइ, लिफ्ट सिँचाइ, सतह सिँचाइ, कुलो मर्मत र नदी नियन्त्रण कार्य अघि बढाएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सूचना अधिकारी लेखनाथ सुवेदीले बताए । भेरी कोरिडोर सिँचाइ आयोजनाको ४२ प्रतिशत भौतिक प्रगतिसँगै करिब ६ हजार हेक्टर जमिनमा सिँचाइ पु¥याइएको जानकारी उनले दिए । उनका अनुसार आयोजनाको कुल भौतिक प्रगति हालसम्म ४९ दशमलव ५ प्रतिशत भएको छ । २ वर्षभित्र आयोजनाले ६ हजार ८०० हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ । करीब ४ अर्ब रुपैयाँ लागतको यो आयोजना भेरी नदी किनारका बासिन्दाको समृद्धिका लागि कोसेढुंगा सावित हुने अपेक्षा राखिएको छ ।

सौर्य शक्तिमा आधारित लिफ्ट सिँचाइ : सिरेनी क्षेत्रलाई हरियाली बनाइँदै

वैशाख ९, सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–७ का सिरेनी, सुँगरखाल र कोप्चीलगायतका गाउँहरुलाई पानी माथिको ओभानो बस्ती भनेर चिनिन्छ । वस्ती नजिकैबाट भेरी नदी सुसाईरहेको भएपनि सिँचाइको सुविधा छैन । खेतीपातीका लागि किसानले आकाशे पानीको भर पर्नु पर्छ ।  जति मेहनत गरेपनि सिँचाइ अभावले वर्षभरी खानपुग्ने अन्न उत्पादन गर्न हम्मे हम्मे पर्छ । तर, अहिले भने सौर्य शक्तिमा आधारित सिँचाइ प्रविधि भित्र्याएर गाउँको मुहार फेर्न नागरिक तल्लिन रहेका छन् । एक करोड ६१ लाख रुपैयाँको लागतमा सौर्य शक्तिको प्रयोगबाट भेरी नदीको ८० मिटर माथि ४० घरपरिवारलाई पायक पर्ने गरी पक्की पोखरी निर्माण कार्य शुरु गरिएको छ ।  ‘बाह्रै महीना गाउँमा सिँचाइको सुविधा पुगेपछि युवा विदेश जाने सोच त्यागेर तरकारी खेतीबाट मनग्यै आम्दानी गर्न सक्नेछन्,’ कर्णाली प्रदेश सभा सांसद ठम्मरबहादुर विष्टले भने, ‘सिँचाइ अभावले गाउँमा अन्नपात उब्जनी नहुँदा गाउँका युवालाई परिवार चलाउन कालापहाडदेखि खाडीमुलकसम्म भौतारि रहनु परेको छ ।’  उनले सिँचाइ सुविधा नहुँदा उचित प्रतिफल पाउन नसकेका कृषकहरु लिफ्ट सिँचाइ प्रविधि ल्याइएपछि उत्साहित भएको बताए । ‘पूर्वी सुर्खेतको निर्वाचन क्षेत्र नम्वर १, मा यस्ता अन्य कयौं वस्तीहरु छन् । कृषिलाई व्यवसायिक गराउन प्रोत्साहन गरिएको यस्तो प्रविधिले कृषि पेशालाई उत्पादनशील बनाउन टेवा पुर्‍याउने विश्वास लिएको छु,’ उनले भने, ‘सिरेनी, सुँगरखाल र कोप्ची मात्र होइन, यस्तो प्रविधि सिँचाइ समस्या भएका अन्य स्थानमा पनि अनुसरण गराउन मेरो प्रयास जारी छ ।’ उनले बाह्रै महीना सिँचाइ सुविधाको चुनौतीको रुपमा रहेका सिरेनी, सुँगरखाल र कोप्चीलगायतका सुक्खावस्तीहरुमा सिँचाइ पुर्‍याउन जनप्रतिनिधिले पहल गरेअनुसार प्रदेश सरकार लागि परेको बताए । विपन्न दलित समुदायको बाहुल्यता रहेको सिरेनी, सुँगरखाल र कोप्चीलगायतका गाउँहरुमा कर्णाली प्रदेश सरकार खानेपानी, सिँचाइ तथा ऊर्जा कार्यालयको सहयोगमा अढाई लाख क्षमताको पानी पोखरी (वाटर रिजर्भ ट्यांकी) बनाउन लागिएको छ ।  चालू आर्थिक वर्षको असार मसान्तभित्रै सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिइएको खानेपानी, सिँचाइ तथा ऊर्जा कार्यालयका ईन्जिनियर डोरप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार हालसम्म करीब ६० प्रतिशत भौतिक प्रगति भइसकेको छ । ‘भेरी नदी–गोचेखोला–सिरेनी लिफ्ट सिँचाइ आयोजनाबाट करीब ४० हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने लक्ष्य राखिएको छ,’ उनले भने, ‘ग्रामीण सडक पहुँच पुगेका यस्ता क्षेत्रमा कृषकको दिगो आर्यआजनका लागि लिफ्ट सिँचाइ आयोजना कोसेढुंगा सावित हुने विश्वास राखेका छौं ।’  उनले नजिकै पानीको स्रोत भएपनि सुख्खा रहेका सुर्खेतका वस्तीहरुका लागि लिफ्ट सिँचाइ उपयुक्त रहेको बताए । यता गाउँमा पर्याप्त कृषियोग्य जनशक्ति भएपनि सिँचाइ अभावले उत्पादन बढाउन नसक्दा घरखर्च चलाउनकै लागि विदेशिनु परिरहेको स्थानीय टेकबहादुर विकले बताए ।