गुणको जहाज ढोकै नलगाई पोखरातर्फ उडेपछि...

काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको एक बीचक्राफ्ट जहाज सात मिनेटमै पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै फर्किएको छ ।  आइतवार बिहान साढे १० बजे पोखरा उडेको यो जहाजमा साढे तीन मिनेटमै प्राविधिक समस्या देखिएको थियो । ‘उक्त जहाजको इन्डिकेटरले जहाजमा केही समस्या रहेको देखायो त्यसपछि तुरुन्तै विमानस्थल फर्काइएपछि डोर लक नभएको फेला पर्‍यो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक भोला गुरागाईले भने ।  उनका अनुसार जहाज उडेको ७ मिनेटमै पुनः विमानस्थल नै फर्किएको छ । उक्त जहाजको ...

सम्बन्धित सामग्री

गुणको जहाजमा ठोक्कियो चरा

विराटनगर । यात्रु लिएर काठमाडौंका लागि उडे पनि फर्काएर विराटनगर विमानस्थलमै ल्याइएको गुण एयरलाइन्सको जहाजमा लाटोकोसेरो ठोक्किएको पुष्टि भएको छ। धावनमार्ग छाड्ने क्रममा लाटोकोसेरो ठोक्किएपछि ३० सिटे जहाजलाई आइतबार साँझ विराटनगर फर्काइएको थियो।विमानस्थल प्रमुख उत्सवराज खरेलका अनुसार लगभग साँझ ६स्३० बजेतिर उडेको जहाज लाटोकोसेरो ठोक्किएपछि गन्तव्यसम्म पुग्न सकेन। लगभग ५ मिनेटजति उडेपछि पुनः फर्काएर चालक […]

पोखरा उडेको गुणको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फिर्ता

आइतबार बिहान १० बजे पोखराको लागी उडेको गुण एयरलाइन्सको विमान फेरी काठमाडौंमै फर्किएको छ । जहाज उडेपछि प्राविधिक समस्या देखिएपछि  काठमाडौंमा नै  अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रमुख भोला प्रसाद गुरागाईंले रातोपाटीलाई बताए ।सो जहाज करिब साढे ८ बजे पोखरा उड्ने तालिका थियो । तर, डिले भएर १० बजे उडेको जहाजको ककपिटमा इन्डिकेटरले एउटा ढोका लक नभएको सुचना दियो । त्यसपछि पाइलटले जहाज फर्काउने निर्णय गरेका थिए ।ढोका लक नभएको संकेतका आधारमा पाइलटले जहाजलाई फर्काएर त्रिभ

८ वर्षपछि पुरानै ‘ब्रान्ड’मा गुण एयरलाइन्स

काठमाडौं । निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्स आप्mनै पुरानै ब्रान्डमा फर्किएको छ । रू. १ अर्बभन्दा बढीको लगानीसहित पाँचओटा जहाज थपेको गुण एयरलाइन्सले आज शुक्रवारदेखि औपचारिक रूपमा आफ्नै ब्रान्डबाट नियमित उडान शुरू गर्न लागेको छ । सन् २००९ मा स्थापना भएको गुण एयरलाइन्समा वित्तीय समस्या देखिएपछि सन् २०१३ मा निजीक्षेत्रकै सिम्रिक एयरलाइन्सले एक्वायर (अधिग्रहण) गरेको थियो । त्यसपछि ‘गुण’ ब्रान्ड हटेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिके श्रेष्ठले गुणको ब्रान्डमात्रै प्रयोग नभएको बताए । ‘अहिले पुरानै ब्रान्डलाई पुनः प्रयोग गरेर कम्पनीले हवाई सेवालाई निरन्तरता दिन लागेको हो,’ श्रेष्ठले भने, ‘यसको शुरुआत आज शुक्रवारदेखि काठमाडौं–भरतपुर र काठमाडौं–पोखरा गरी दुईओटा गन्तव्यबाट गर्दै छौं ।’ सिम्रिक एयरबाट चारओटा जहाजले उडान गर्दै आएका थिए । त्यसमध्ये अहिले दुईओटा जहाज गुणकै नाममा आएको उनको भनाइ छ । तर, दुईओटा जहाज भने अर्काे अपरेटर कम्पनीलाई उपलब्ध गराएको श्रेष्ठले जानकारी दिए । यसैगरी उनले यति एयरलाइन्ससँग खरीद गरेका पाँचसहित सातओटा जहाजबाट हवाई सेवा पुनः गुण ब्रान्डबाट शुरू गर्न लागिएको जानकारी दिए । कम्पनीसँग अहिले जेटस्ट्रीमका ५ र बिचक्राप्mटका दुईओटा जहाज छन् । बिचक्राफ्टको सीट क्षमता १८ र जेट स्ट्रीमको सीट क्षमता २९ रहेको छ । यिनै जहाजबाट कम्पनीले उडान गर्नेछ । पाँचओटा जहाज किनेर पुरानै ब्रान्डमा फर्किएको गुण एयरलाइन्सले काठमाडौं बेस बनाएर दशैंअघि नै क्रमशः ट्रंक रूटमा सेवा विस्तार गर्ने योजना राखेको छ । गुण एयरलाइन्स व्यवसायी राजेन्द्र शाक्य अध्यक्ष रहेको गुण ग्रूपअन्तर्गत रहेर सञ्चालन हुनेछ ।