गुणको जहाजमा ठोक्कियो चरा

विराटनगर । यात्रु लिएर काठमाडौंका लागि उडे पनि फर्काएर विराटनगर विमानस्थलमै ल्याइएको गुण एयरलाइन्सको जहाजमा लाटोकोसेरो ठोक्किएको पुष्टि भएको छ। धावनमार्ग छाड्ने क्रममा लाटोकोसेरो ठोक्किएपछि ३० सिटे जहाजलाई आइतबार साँझ विराटनगर फर्काइएको थियो।विमानस्थल प्रमुख उत्सवराज खरेलका अनुसार लगभग साँझ ६स्३० बजेतिर उडेको जहाज लाटोकोसेरो ठोक्किएपछि गन्तव्यसम्म पुग्न सकेन। लगभग ५ मिनेटजति उडेपछि पुनः फर्काएर चालक […]