अघोषित ‘मिल्क होलिडे’ले मकवानपुरका किसान मर्कामा

हेटौँडा दुग्ध वितरण आयोजना र मकवानपुरका निजी क्षेत्रका डेरी उद्योगहरूले अघोषित ‘मिल्क होलिडे’ गरेपछि जिल्लाका दुग्ध उत्पादक किसान समस्यामा परेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड मकवानपुरका व्यवस्थापक कुमारमणि...

सम्बन्धित सामग्री

दुध उत्पादन बढ्यो, किसान मर्कामा

कोशी प्रदेशमा तीन वटा डेरी उद्योगले पाउडर दुध उत्पादन गर्न थालेका छन् । गएको चैत महिनासम्म एउटा उद्योगले मात्र पाउडर उत्पादन गरिरहेकामा बजारमा दुधको उत्पादन बढेपछि तीन वटा प्लान्टले नियमित धुलो दुध उत्पादन गरिरहेका छन् । कोशी प्रदेशमा दुध उत्पादन बढेको र उत्पादन भएको दुधले बजार नपाउँदा दुधलाई पाउडरमा परिणत गरेर मौज्दात राख्न थालिएको छ । तीन वटा पाउडर प्लान्ट नियमित सञ्चालन गर्दा पनि उत्पादित सबै दुध खपत हुन सकेको छैन । किसानले उत्पादन गरेको दुध सहकारीहरूले सङ्कलन नगर्दा किसानले अहिले अघोषित मिल्क होलिडे सामना गरिरहेका छन् । पाँच लिटरभन्दा कम उत्पादन गर्ने किसानको साँझको दुध डेरीहरूले सङ्कलन गर्न छोडेका छन् । यसले किसान समस्यामा परिरहेको भेषराज आचार्यले बताउनुभयो ।