दुध उत्पादन बढ्यो, किसान मर्कामा

कोशी प्रदेशमा तीन वटा डेरी उद्योगले पाउडर दुध उत्पादन गर्न थालेका छन् । गएको चैत महिनासम्म एउटा उद्योगले मात्र पाउडर उत्पादन गरिरहेकामा बजारमा दुधको उत्पादन बढेपछि तीन वटा प्लान्टले नियमित धुलो दुध उत्पादन गरिरहेका छन् । कोशी प्रदेशमा दुध उत्पादन बढेको र उत्पादन भएको दुधले बजार नपाउँदा दुधलाई पाउडरमा परिणत गरेर मौज्दात राख्न थालिएको छ । तीन वटा पाउडर प्लान्ट नियमित सञ्चालन गर्दा पनि उत्पादित सबै दुध खपत हुन सकेको छैन । किसानले उत्पादन गरेको दुध सहकारीहरूले सङ्कलन नगर्दा किसानले अहिले अघोषित मिल्क होलिडे सामना गरिरहेका छन् । पाँच लिटरभन्दा कम उत्पादन गर्ने किसानको साँझको दुध डेरीहरूले सङ्कलन गर्न छोडेका छन् । यसले किसान समस्यामा परिरहेको भेषराज आचार्यले बताउनुभयो ।

सम्बन्धित सामग्री

किसानको छ अर्बभन्दा बढी रकम बाँकी

डेरी उद्योगीले बक्यौता रकम भुक्तानी नगर्दा दुध उत्पादन गर्ने किसान मर्कामा परेका छन् । डेरी उद्योगीले किसानलाई चार/पाँच महिनादेखि भुक्तानी दिएको छैन । किसानले डेरी उद्योगीबाट करिब छ अर्ब रुपियाँ भुक्तानी पाउनुपर्ने देखिएको छ । भुक्तानीको माग गर्दै शुक्रबार माओवादी केन्द्र निकट किसान सङ्गठन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) राष्ट्रिय कृषक समूह महासङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ लि. नेपाललगायतका सङ्घ संस्थाले विज्ञप्ति जारी गरेका छन् । यी संस्थाले किसानको बक्यौता रकम भुक्तानी नगरे आन्दोलनमा जाने चेतावनी दिएका छन् ।