राष्ट्रियसभाका लागि बागमतीमा सत्ता गठबन्धनबाट उम्मेदवारी दर्ता

हेटौंडा : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारुढ गठबन्धनको तर्फबाट बागमती प्रदेशमा दुईजनाले उम्मेदवारी दर्ता गराएका छन्।बागमती प्रदेशमा रिक्त रहेको दुई पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र महिलामा नेकपा (एकीकृत समाजवादी)बाट गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन्।राष्ट्रियसभा सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ। सत्ता गठबन्धनमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन्।

सम्बन्धित सामग्री

बागमती प्रदेश : उपसभामुखमा ३ जनाको उम्मेदवारी दर्ता

मकवानपुर । बागमती प्रदेशको उपसभामुख पदका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । आगामी माघ २ गतेका लागि तय भएको निर्वाचनका लागि ३ वटा दलबाट ३ जनाको उम्मेदवारी दर्ता भएको हो । उपसभामुख

बाग्मती प्रदेशमा सभामुखका लागि ३ जनाकाे उम्मेदवारी दर्ता

मकवानपुर – बाग्मती प्रदेश सभामा सभामुखमा तीन जनाको उम्मेदवारी दर्ता भएकाे छ । सत्ता गठबन्धन, नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले छुट्टाछुट्टैरूपमा सभामुखका लागि उम्मेदवारी दर्ता गरेको हो । सत्ता गठबन्धनका तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक, नेपाली कांग्रेसका समानुपातिक सांसद शिवराज अधिकारी र नेमकिपाकी सांसद सृजना सायजुले सभामुखमा उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।  सैंजुको प्रस्तावकमा नेमकिपाका सुरेन्द्र गोसाईं र समर्थकमा गीता काफ्ले, अधिकारीको प्रस्तावकमा कांग्रेसकै कुन्दनराज काफ्ले र समर्थकमा राम...

कालिकोटमा तोडियो गठबन्धन

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सत्ता गठबन्धन बिरुद्ध उम्मेदवारी दर्ता भएको छ। गठबन्धन बिरुद्ध प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका लेखा आयोग सदस्य कासिचन्द्र वरालले उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धन बाट कर्णाली प्रदेशका ...

दाङका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता

दाङ । सत्ता गठबन्धन र नेकपा (एमाले) का उम्मेदवारहरूले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दाङका तीन वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । दाङ निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का नेता एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले उम्मेदवारी दर्ता गराउनुभयो । लमहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दिउँसो तीन बजे उहाँले आफ्नो उम्मेदवारी […]

कार्यकर्ताको नाराबाजी र हुटिङका साथ महेश बस्नेतको उम्मेदवारी दर्ता

२०७४ काे निर्वाचनमा पनि विजयी बस्नेत यो निर्वाचनमा सत्ता गठबन्धन विरुद्ध चुनाव लड्न लागेका हुन्।...

स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता, बग्रेल्टी विद्रोही

सोमबार अन्तिम दिन भएका कारण पनि उम्मेदवारी दर्ता गराउनको अहिले साँझ भिडभाड रहेको छ। बागलुङमा पाँच दलिय सत्ता गठबन्धन र नेकपा एमालेको राप्रपासंग गठबन्धन भएको छ।...

सत्ता गठबन्धनको निर्णय अनुसार उम्मेदवारी दर्ता गर्न निर्देशन

१२ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले सत्ता गठबन्धनकै उम्मेदवारलाई निर्वाचित गराउन आ-आफ्नो संयन्त्रमार्फत् पहल गर्ने निर्णय गरेको छ । आज बिहान काठमाडौंमा बसेको सत्ता गठबन्धन दलको शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो । बैठकले गठबन्धनको निर्णय अनुसार उम्मेदवारी दर्ता गर्न निर्देशन समेत दिएको छ । बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले […]

बैतडीमा सत्ता गठबन्धन दलहरूबीच सहमति जुटेन

८ वैशाख, डोटी । स्थानीय तहको निर्वाचनको उम्मेदवारी दर्ता गर्ने मिति नजिकिंदै गर्दा पनि बैतडी जिल्लामा सत्ता गठबन्धन दलहरूभित्र सहमति जुट्न सकेको छैन । सत्ता गठबन्धनका मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेलका लागि पटक-पटक छलफल हुँदा पनि टुङ्गो लाग्न नसकेको एकीकृत समाजवादीका बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट बताउँछन् […]

सुदूरपश्चिममा सत्ता गठबन्धन चुनाव जित्नेमा ढुक्क, एमाले अस्तित्वको लडाइँमा

२० पसा, धनगढी । माघ १२ गते राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन अधिकृतको कार्यालय धनगढीकाअनुसार सुदूरपश्चिम प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्यका तीन सिटका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले गठबन्धन […]