बागलुङ बजारमा खेलाडीकै चहलपहल

काठमाडौँ,१ कार्तिक । बागलुङमा पहिलोपटक सरकारीस्तरको राष्ट्रिय प्रतियोगिता । बागलुङ बजारको चोक चोकमा अहिले आइटिएफ तेक्वान्दोका देशभरकै खेलाडी भेटिन्छन् । बागलुङ बजारका होटल तथा रेष्टुराँमा खेलाडीकै चहल पहल बढी छ । बागलुङ बजार क्षेत्रका धार्मिक पर्यटकीय क्षेत्रसमेतमा अधिकांश आइटिएफ तेक्वान्दोका खेलाडी देखिन्छन् । बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा आइटिएफका खेलाडी र दर्शकको चाप छ । बागलुङमा […]

सम्बन्धित सामग्री

बागलुङ कालिका मन्दिरमा चहलपहल

चैतेदसैंको अवसरमा बागलुङ कालिका मन्दिरमा हजारौं भक्तजन ओइरिएका छन् । पछिल्लो ५ दिनदेखि मेलामा दैनिक भक्तजन आउँदा यहाँ चहलपहल बढेको हो । भक्तजनको आगमनले बागलुङ बजारको व्यवसायसमेत बढेको छ ।

जनशक्ति नहुँदा किसानलाई बाली भित्र्याउन समस्या

१९ कात्तिक, बागलुङ । यति बेला खेतभरीमा धान झुलेका छन् । बारीभरी कोदो फलेका छन् । गाउँघरमा पहिलेको जस्तो चहलपहल नहुँदा अर्मपर्म गर्ने जनशक्ति अभावले बाली भित्राउन समस्या भइरहेको छ । कामको निकै चटारो हुने यो समय कामदार पाउन मुस्किल छ । धेरैको रोजाइ विदेश र सहरबजार बनेपछि हिजोआज बाली लगाउन र स्याहार्न किसानलाई हम्मेहम्मे […]

बागलुङका पर्यटकीय स्थलमा पर्यटकको चहलपहल

ढोरपाटन । चाडबाड सुरु भएसँगै बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको चहलप  भएको छ । वर्षा याममा सुनसान बनेका पर्यटकीय क्षेत्रमा दसैँ सुरु भएपछि पर्यटकको चहलपहल बढेको हो ।  पुग्न थालेका हुन् । यो समयमा मानिसको फुर्सद हुँदा घुमफिरमा निस्किएको पाइन्छ । बागलुङको मुख्य धार्मिक पर्यटकीयस्थलका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा घटस्थापनाका दिनदेखि नै झक्तजनको घुइँचो लागेको थियो । दशमीसम्म यहाँ आउने भक्तजनको भीड नै लाग्ने गर्छ ।  बागलुङ कालिका मन्दिरसँगै नेपालको सबैभन्दा लामो बागलुङको बाङ्गेचौर र पर्वतको पाङ जोड्ने झोलुङ्गे पुल, पञ्चकोट, शालीग्राम सङ्ग्रहालय, ढोरपाटनलगायत गन्तव्यमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुन थालेको छ । नेपालको एकमात्रै सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पनि यो समयमा धेरै बाह्य पर्यटक आएको स्थानीय बताउँछन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष धेरै पर्यटक भित्रिएका उहाँ बताउनुहुन्छ । ढोरपाटनमा पर्यटकका लागि आवास र भोजनको उचित व्यवस्थापन हुन थालेपछि पाहुँना बढ्दै गएका हुन् ।

दसैँ आयो : सहर छाड्ने बढे, गाउँमा चहलपहल सुरु

बागलुङ- दसैँको टीकाको दिन नजिकिएसँगै अध्ययन, रोजगार तथा विभिन्न कामको सिलसिलामा सहर झरेकाहरू धमाधम गाउँ फर्किरहेका छन् । बजारबाट गाउँ फर्कनको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । यतिबेला गाउँमा निकै चहलपहल बढेको छ भने बजार सुनासन बन्न थालेका छन् । बागलुङका ग्रामीण क्षेत्र दसैँ, तिहारबाहेक अन्य समय सुनसान नै हुन्छन् । स्थानीयवासीको बढ्दो सहर मोह […]

तीन जिल्लाको सिमाना बन्यो आकर्षक पर्यटकीय गन्तव्य

बागलुङ : पूर्वी रुकुम र रोल्पाको संगम स्थल पातीहाल्नेमा गर्मी याम सुरु भएपछि पर्यटकको चहलपहल बढ्ने गरेको छ।चिसो हावापानी, शान्त वातावरणका कारण यहाँ पर्यटकहरू पुग्ने गरेका हुन्। छेउमै रहेका रिग ताल र तिलाचन तालले गर्दा पातीहाल्नेमा आगन्तुकको चहलपहल बढी हुने गरेको छ।बागलुङ र पूर्वी रुकुम दुवै तर्फबाट सहज रुपमा यहाँ आउन सकिने हुँदा पर्यटकको रोजाईमा पातीहाल्ने पर्दै गएको हो। पातीहाल्ने हुँदै रिग र तिलाचन तालमा पुगिने हुँदा पर्यटकको आकर्षण केन्द्र बन्न पुगेको हो।रिगताल बागलुङको निसीखोला गाउँपालिका&nd

बागलुङ कालिकामा भक्तजनको घुइँचो (फोटो फिचर)

बागलुङ : धार्मिकस्थल बागलुङ कालिका भगवती मन्दिरमा चैते दशैँको चौथो दिन हजारौँ भक्तजनको घुइँचो लागेको छ। घना जंगलको बीचमा रहेको मन्दिरमा टाढाटाढादेखि भक्तजन आएपछि मन्दिर परिसर वरपर चहलपहल बढेको छ।हिन्दु धर्मावलम्बीको धार्मिक आस्थाको केन्द्र नेपालकै प्रमुख शक्तिपीठ कालिका भगवती मन्दिरमा श्रद्धालु भक्तजनको बिहानदेखि पूजाअर्चना गर्नेको भीड लागेको छ।कालिका भगवती मन्दिरमा आएर पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ। चैते दशैँका वेला कालिका मन्दिरमा स्वदेश तथा विदेशबाट लाखौँको संख्यामा भक्तजन आ

पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल

बागलुङ, कात्तिक १६ । बागलुङको पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचार–प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गा आउने पर्यटकको सङ्ख्यमा क्रमशः वृद्धि भएको हो । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा बेलढुङ्गा अवस्थित छ । माथिल्लो भाग पहिराले भत्किएपछि उजाड बनेको बलेढुङ्गामा गण्डकी प्रदेश सरकार र स्थानीयको […]

बागलुङका पर्यटकीय स्थलमा चहलपहल

बागलुङ । गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय स्थल बागलुङ कालिका मन्दिरलगायत स्थानमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । कोरोनाअघि दैनिक १ हजारको हाराहारी पर्यटक आउने पञ्चकोटमा पनि तीन महिना अघिदेखि आन्तरिक पर्यटक बढेका छन् ।      विश्वकै चर्चित पर्यटकीय स्थल ढोरपाटनमा सिकार खेल्न विदेशी पर्यटले अनुमति पाइसेका छन् । गलकोटको सहस्रधारा झरना, टेउवाको खुला मूर्तिकला संग्रहालय, बागलुङ नगरपालिका–४ स्थित भूमिगत शालिग्राम संग्रहालयलमा पनि पर्यटकको चलहपहल सुरु भइसकेको छ ।      जिल्लाका अधिकांश व्यवसायलाई समेत खोपको प्रबन्ध भएपछि व्यापार व्यवसाय बढ्न थालेकोे जिल्ला उद्योग वाणिज्य संघ अध्यक्ष युवराज राजभण्डारीले बताए । ‘होटल तथा अन्य व्यवसायीलाई खोपको व्यवस्था गर्दै आएका छौं । अहिले बागलुङ बजारमा चहलपहल व्यापक भइसकेको छ । कालिका मन्दिर, पञ्चकोटलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रमा समेत आन्तरिक पर्यटक देखिन थालेका छन्’, उनले भने,‘कोरोनाको दोस्रो लहरमा ठप्प रहेको व्यापार, होटल व्यवसाय, पर्यटन व्यवसाय चल्न थालेका छन् ।’ बागलुङ र पर्वतको बीचको कालीगण्डकी नदीमाथि रहेको बञ्जी पुलमा हेर्न आउने पर्यटकसमेत बढेपछि यहाँका होटलमा चहलपहल बढ्न थालेकोे होटल तथा रेस्टुराँ व्यवसायी संघ जिल्ला अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए ।      ‘थलिएको पर्यटन व्यवसाय विस्तारै उठ्न थालेको छ । होटलमा पाहुना आउन थालेका छन् । अब केही आशावादी भएका छौं । खोपको व्यवस्थापन भइरहेकाले हामी व्यवसायीसमेत विस्तारै व्यवसायमा केन्द्रित भएका छौं’, उनले भने, ‘पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवर्द्धन भएपछि निकै राम्रो भएको थियो तर कोरोनाले यहाँका व्यवसायलाई धराशयी नै बनायो । अहिले पुनः सुरु भएकाले केही राहत हुनेछ ।’      पछिल्लो समय बेलढुंगा, हाँडीकोट, मूर्तिकला, चमेरे गुफा, गाईघाट झरना र सहस्रधारा झरनामा पुनः चहलपहल सुरु भइरहेको छ । विश्वकै लामो पुल ‘गण्डकी गोल्डेन बृज’मा अहिले आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ भने कालिका मन्दिरमा मंगलबार र शनिबार भक्तजनको चाप बढ्दै गएको छ । रासस

विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको घुइँचो

बागलुङ । गत वर्ष लकडाउनकै बिच सञ्चालनमा आएको बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण भएको झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । विश्वकै लामो दाबी गरिएको ५ सय ६७ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा आएसँगै पर्यटकको चहलपहल हुन थालेको हो । कोरोनाका कारण घरमै बसेका नागरिकहरु लकडाउन खुकुलो हुन थालेपछि पुल वरपरको […]

झोलुङ्गे पुलले ​बढ्यो आन्तरिक पर्यटकको चहलपहल

बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण गरिएको नेपालकै लामोे झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको चहलपहल पुनः शुरु भएको छ । लामो समयको निषेधाज्ञा र निरन्तरको बर्सातका कारण घरमै थुनिएका आन्तरिक पर्यटकले पुलवरपरको क्षेत्र भभिराउन हुन थालेको छ । कालीगण्डकी नदीमाथि निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुल नेपालकै लामो हो । पुल व्यवस्थापनको जिम्मा पाएको …