फुजी स्याउप्रति जुम्लाका किसान आकर्षित

पछिल्लो समयमा यहाँका किसान विदेशी फुजी स्याउप्रति आकर्षित  भएका छन् । जिल्लामै उत्पादन हुने अर्गानिक जुम्ली स्याउभन्दा फुजी स्याउले राम्रो प्रतिफल दिने भएपछि जिल्लाका स्याउ किसान फुजी स्याउप्रति आकर्षण भएको जुम्ला एग्रो फर्मका सञ्चालक रेश्मा श्रेष्ठले जानकारी दिनुभयो ।           जिल्लामा फुजी स्याउखेती सफल भएसँगै जुम्ली एग्रो फर्म र हाम्रो सहकारी प्रालिले चार वर्षअघि १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफल जग्गा भाडामा लिएर स्याउखेती शुरु गरेको थियो। शुरुआतमा ‘फुजी, गोल्डेन डेलिसियस, रेड चिप, गाला र जोर्डन गरी पाँच प्रकारका स्याउ लगाइएको उहाँले जानकारी दिनुभयो ।     जिल्लामा इटालियन फुजी जातको स्याउखेती शुरु भएको चार–पाँच वर्षभयो। फुजीखेती जुम्लामा सफल भएपछि स्थानीय किसान फुजी जातको स्याउखेतीमै आकर्षित भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ सुपर जोन कार्यालयका कार्यालय प्रमुख नवराज भण्डारीले बताउनुभयो ।          यस वर्ष जिल्लाको गुठीचौर गाउँपालिकाको गुठीचौर एग्रो फर्मले एक लाख ५० हजार वर्गमिटरमा ३० देखि ४० हजार फुजी स्याउको बिरुवा रोप्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । भन्नुभयो,“तातोपानी गाउँपालिकाको हियाखोला गाउँका १ लाख ३० हजार वर्गमिटर क्षेत्रफलमा चार हजार फुजी जातको स्याउका बिरुवा रोप्ने तयारी छ । ”

सम्बन्धित सामग्री

ओखरखेतीमा जुम्लाका किसान आकर्षित

जुम्ला – जुम्लाका किसान पछिल्लो समय ओखरखेतीप्रति आकर्षित हुन थालेका छन् । भण्डारण गर्न समस्या नुहने, हावापानी अनुकूल भएको र कम मिहेनतमा पनि राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान ओखरखेतीमा आकर्षित भएका हुन् । “ओखरखेतीबाट राम्रो आम्दानी हुने भएकाले व्यावसायिकरूपमा लागेका हौँ”, चन्दननाथ नगरपालिका–१० का किसान बिर्खबहादुर मल्लले भने । बगैँचामा रहेका सात वटा बोटमा […]

नर्सरी खेतीमा किसान आकर्षित

जुम्ला । पछिल्लो समय जुम्लाका किसान नर्सरी खेतीमा आकर्षित भएका छन् । जिल्लाको तिला गाउँपालिका–७ का किसान जगबहादुर बुढा यति बेला बिरुवा हुर्काउन व्यस्त छन् । जडीबुटी, डालेघाँस र फूल प्रजातिका बिरुवा हुर्काउन लागिपरेका छन् । बालबालिका हुर्काउन र नर्सरीमा बिरुवा हुर्काउन उस्तै उस्तै लाग्ने गरेको उनले बताए । यस वर्ष जगबहादुरले नर्सरीमा बिरुवा लगाएकाले कालापहाड जानुपरेको छैन । हाइटेक नर्सरी स्थापना भएपछि अहिले किसानले बिरुवा उत्पादनमा जोड दिएका छन् । हाइटेक नर्सरीभित्र उतिस, निमारो, किमु, पौलेनिया, बकाइनो, राइखन्यु, बुद्धचित्त र कल्फी प्रजातिका बिरुवा छन् । उतिस आठ हजार बिरुवा उमारिएको छ । निमारो दुई हजार ८०० बिरुवा, किमु एक हजार ५०० बिरुवा, पौलेनिय पाँच हजार बिरुवा, बकाइनो १५ हजार र राइखन्यु तीन हजार बिरुवा उत्पादन हुने पेश नेपाल जुम्लाले बताएको छ । विश्व खाद्य कार्यक्रम र वन तथा वातावरण मन्त्रालयको सहयोगमा पेस नेपालअन्तर्गतको क्याप्स कर्णाली परियोजनाले हाइटेक नर्सरी स्थापना गरेको हो । नर्सरी स्थापनामा २८ लाख ४२ हजार ५७६ लगानी गरिएको पेस नेपाल जुम्लाका सामाजिक परिचालक रीता रोकायाले बताए । नर्सरी स्थापनाबाट एक सय घरधुरीका ४५५ व्यक्ति प्रत्यक्ष लाभान्वित छन् । रासस