लुम्बिनी सरकारका प्रवक्ता भन्छन्- तत्काल सरकार परिवर्तन हुँदैन

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेश सरकार परिवर्तन नहुने बताएका छन् ।

सम्बन्धित सामग्री

संसदीय समितिमा चयन भएनन् सभापति

लुम्बिनी प्रदेशमा विषयगत समितिका सभापति चयनमा सकस देखिएको छ। प्रदेश सभामा रहेका छ वटा समितिमा सभापति बाँडफाँटका लागि नेताहरूको पटक पटक बैठक भए पनि सभापति चयन हुन सकेको छैन। दुई पटक सरकार परिवर्तन भइसक्दा पनि विषयगत समितिका सभापति चयन हुन सकेका छैनन्। प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष पाण्डेयले प्रतिपक्षी दल एमालेलाई पनि समेटेर लैजाने सरकारको मनसायका कारण सभापति चयनमा ढिलाइ भएको बताउनुभयो।

ढुक्क हुनुहोस् तत्काल सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने बताउनु भएको छ । मन्त्री गुरुङले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्न केही तत्वहरु लागि परेपनि सफल नहुने बताउनुभयो । काठमाडौंमा शनिबार आयोजित कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान फेडेरेशन० को २७ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री गुरुङले त्यस्तो बताउनुभयो । “ढुुक्क हुनुुहोस् सरकार परिवर्तन हुँदैन, मुुलुकको समृद्धिको अभियान अझ गतिकासाथ अघि बढछ” उहाँले भन्नुभयो, “मुलुकलाई अघि बढन नदिने केही तत्वहरु प्रधानमन्त्रीको राजीनामा माग गरिरहेका छन् ।” मन्त्री गुरुङले पुनःस्थापित प्रतिनिधि सभामा विश्वासको मत लिएर अघि बढन आफूूहरु सक्षम हुने दावी समेत गर्नुभयो । प्रचण्ड–माधव पक्षलाई सरकार परिवर्तन हुने सपना नदेख्न पनि उहाँले आग्रह गर्नुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले सरकारले सूचना र प्रविधिको विकासको माध्यामबाट मुलुकलाई अघि बढाउन चाहेको चर्चा गर्नुभएको उहाँको प्रेस संयोजक सन्तोष खड्काले बताउनुभयो ।