ढुक्क हुनुहोस् तत्काल सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने बताउनु भएको छ । मन्त्री गुरुङले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्न केही तत्वहरु लागि परेपनि सफल नहुने बताउनुभयो । काठमाडौंमा शनिबार आयोजित कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान फेडेरेशन० को २७ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री गुरुङले त्यस्तो बताउनुभयो । “ढुुक्क हुनुुहोस् सरकार परिवर्तन हुँदैन, मुुलुकको समृद्धिको अभियान अझ गतिकासाथ अघि बढछ” उहाँले भन्नुभयो, “मुलुकलाई अघि बढन नदिने केही तत्वहरु प्रधानमन्त्रीको राजीनामा माग गरिरहेका छन् ।” मन्त्री गुरुङले पुनःस्थापित प्रतिनिधि सभामा विश्वासको मत लिएर अघि बढन आफूूहरु सक्षम हुने दावी समेत गर्नुभयो । प्रचण्ड–माधव पक्षलाई सरकार परिवर्तन हुने सपना नदेख्न पनि उहाँले आग्रह गर्नुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले सरकारले सूचना र प्रविधिको विकासको माध्यामबाट मुलुकलाई अघि बढाउन चाहेको चर्चा गर्नुभएको उहाँको प्रेस संयोजक सन्तोष खड्काले बताउनुभयो ।

सम्बन्धित सामग्री

कोही व्यक्तिले चाहँदैमा सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

चरीकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा साकार अघिबढेको बताएका छन् । दोलखाको शैलुङ गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटनमा उनले सरकार समृद्ध नेपाल निर्माण अभियानमा सरकार लागिपरेको बताए ।