तेह्रथुम पावरको आईपीओमा मागभन्दा करीब ४२ गुणा बढी आवेदन

भदौ १३, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म मागभन्दा ४१ दशमलव ७९ गुणा बढी आवेदन परेको छ ।  गत भदौ ९ गतेदेखि सार्वजनिक निष्कासनमा आएको कम्पनीको आईपीओमा आइतवार अन्तिम अवधिसम्म २३ लाख ८८ हजार ३३२ जनाले ३ करोड १० लाख ९२ हजार ३० कित्ताको लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी दिएको छ ।  कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता रू. १०० अंकित दरको रू. ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । कुल कित्तामध्य ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत दरको १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो । यो शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नुपूर्व आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित तेह्रथुम जिल्लाका वासिन्दाहरुलाई रू. ४ करोड बराबरको ४ लाख कित्ता शेयर विक्री गरेको हो ।  आयोजना प्रभावित स्थानियसहित सर्वसाधारणमा रू. १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले असार १० गते अनुमति पाएको हो । हाल कम्पनीको संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू. २८ करोड रहेको छ । कम्पनीले संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले स्थानियमा १० प्रतिशत र कर्मचारी समेत अन्य सर्वसाधारणमा २० प्रतिशत शेयर विक्री गर्न लागेका हो । स्थानिय र आम सर्वसाधारणमा शेयर बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ४० करोड पुग्नेछ । यस कम्पनीले तेह्रथुम जिल्लामा ७ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गाखोेला साना जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ । कम्पनीले उक्त आयोजनाबाट २०७६ साल फागुन १७ गतेदेखि व्यावसायिक उत्पादन शुरु गरिसकेको छ । कम्पनीको यस आयोजनाको कुल लागत रू. १ अर्ब ३४ करोड १७ लाख १० हजार रहेको छ । आर्थिक वर्ष ०७६/ ७७ सम्म कम्पनी रू. ४२ लाख ७१ हजार खुद नोक्सानी व्यहोरेको छ । उक्त अवधिसम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ८४ दशमलव ७४ र प्रतिशेयर आम्दानी रू. १२ दशमलव ९० ऋणात्मक रहेको छ । 

सम्बन्धित सामग्री

तेह्रथुम पावरको आईपीओ बाँडफाँट शुक्रबार

कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ। त्यस अनुसार ७४ हजार ४०० जनाले मात्रै १० कित्ताको दरले शेयर पाउने छन्। बाँकी आवेदकले भने पाउने छैनन्।...

तेह्रथुम पावरको आईपीओ आगामी शुक्रवार बाँडफाँट गर्ने तयारी

भदौ २२, काठमाडौं । तेह्रथुम पावर कम्पनीको आईपीओ अगामी शुक्रवारसम्ममा बाँडफाँट गरिने भएको छ । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार कम्पनीको आईपीओ शुक्रवारसम्ममा बाँडफाँट गर्ने गरी प्रि - अलोटमेण्टको काम भइरहेको छ । कम्पनीले ८ लाख कित्ता आईपीओ गत भदौ ९ गतेदेखि १५ गतेसम्म निष्कासन गरेको थियो ।  कम्पनीले जसमध्ये ४० हजार कित्ता म्युचुअल फण्डको लागि, १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।  उक्त आईपीओमा अन्तिम दिनसम्ममा २३ लाख ५७ हजार ९ जना आवेदकबाट ३ करोड १२ लाख ५४ हजार २२० कित्ता खरीदका लागि आवेदन परेको थियो । जुन मागभन्दा ४२ गुणा बढी आवेदन हो । कम्पनीको आईपीओ गोलाप्रथाद्वारा ७४ हजार ४०० जना आवेदकले १० कित्ताका दरले शेयर पाउने छन् भने बाँकी आवेदकको हात खाली हुनेछ ।