परम्परागत लोकभाका जगेर्नामा अग्रसर हुँदै शुक्लाफाँटा नगर

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले लोक संस्कृति जगेर्ना गर्नका लागि कार्यक्रम अघि सारेको छ। नगरपालिकाले लोक संस्कृति, लोकभाका जगेर्ना गर्नका लागि कार्यक्रम सञ्चालन गर्ने भएको हो।नगरका बासिन्दाका पहिचान बोकेका संस्कृति हराउँदै जान थालेपछि संरक्षणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन हुने भएका छन्। नगरपालिका क्षेत्रमा पहाडी समुदायसँगै थारू समुदायको बसोवास छ। ‘पहाडी (डोट्याली) समुदायका लोक संस्कृतिका रूपमा रहेका सगुन, फाग, धुमारी, देउडा, राना थारू समुदायको होरी, चौधरी डगौरा समुदायको सखिया,

सम्बन्धित सामग्री

उपत्यकामा फागुपर्वको रौनक

वसन्त ऋतुको आगमनसँगै रङ र खुसीको पर्वका रूपमा मनाइने फागुपर्व सोमबार नेपालका पहाडी क्षेत्रमा धुमधामका साथ मनाएका छन् । विशेषगरी यौन रसयुक्त र महिलालाई लक्षित गरी गीत गाउने र व्यङ्ग्य गर्ने चाड फागु भक्तपुरमा भने बेग्लै रौनक थियो । होलीका परम्परागत लोकभाका र गीतसङ्गीतसँगै नाच्दै होली पर्व मनाइएको थियो । फागु विजयको हर्षोल्लासका रूपमा एक–आपसमा रङ दलेर नाचगानका साथ मनाइने पर्व हो । दिल खोलेर स्वतन्त्र भई नाचगान गर्ने पर्व, मेलमिलापको पर्व, उन्मत्त भएर आफैँभित्र हराउने पर्व तथा तनमन रङ्ग्याउने पर्वका रूपमा प्रचलित फागुपर्वका अवसरमा भक्तपुरका स्थानीय धिमे खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःले आ–आफ्ना बाजाको पूजा गर्ने र बाजागाजासहित एकआपसमा अबिर दलेर टोलछिमेक परिक्रमा गरी मनाउने गर्दछन् ।