देउवा निवास पुगेका महन्थ र महतोको भेटवार्ता जारी

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेका छन्। बिहीबार बिहान साढे ११ बजेदेखि सभापति देउवासँग अध्यक्ष ठाकुर र नेता महतोको भेटवार्ता भइरहेको छ। देउवालाई भेट्न पुगेका महतोपछि केही बेरमा अध्यक्ष ठाकुर पुगेका थिए । उनीहरूबिच समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर छलफल भइरहेको […]

सम्बन्धित सामग्री

देउवा र पौडेलबीच बालुवाटारमा छलफल जारी

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता जारी छ । प्रधानमन्त्री देउवा निवास बालुवाटारमा वरिष्ठ नेता पौडेलबीच आसन्न चौधौं केन्द्रीय महाधिवेशनको सन्दर्भमा छलफल भइरहेको पौडेलको स्वकीय चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । बैठकमा काँग्रेसको क्रियाशील सदस्यता विवादलगायत भदौ १८ गतेदेखि सुरु हुने वडा तहको अधिवेशनलगायत केन्द्रीय महाधिवेशनको सन्दर्भमा छलफल भइरहेको जनाइएको छ ।

बुढानिलकण्ठमा देउवा-दाहाल भेटवार्ता

गठबन्धन सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिने समयसीमाको अन्तिम दिन बिहीबार बिहानैदेखि राजनीतिक दौडधूप र भेटवार्ता जारी छन् । केहीबेर अघिमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

बूढानीलकण्ठमा देउवा–प्रचण्ड भेटवार्ता जारी

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन् । प्रचण्ड शुक्रबार अपराह्न देउवा निवास प्रवेश भएको सुरक्षा स्रोतले जानकारी दियो । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने भएपछि राजनीतिक सरगर्मी बढेको छ ।...

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता जारी, को-को छन् सहभागी?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच एक घण्टादेखि भेटवार्ता जारी छ। आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली एमाले नेता सुभासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापासहित देउवा निवास पुगेका छन्। भेटवार्तामा सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, डा. शशांक कोइराला, पूर्णबहादुर खड्का र कृष्ण सिटौला सहभागी छन्।