प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता जारी, को-को छन् सहभागी?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच एक घण्टादेखि भेटवार्ता जारी छ। आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली एमाले नेता सुभासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापासहित देउवा निवास पुगेका छन्। भेटवार्तामा सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, डा. शशांक कोइराला, पूर्णबहादुर खड्का र कृष्ण सिटौला सहभागी छन्।

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । शीतल निवासमा साढे ७ बजेदेखि भेटवार्ता जारी रहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो । मन्त्रिपरिषद् बैठकका निर्णय जानकारी गराउन प्रधानमन्त्री ओली शीतल निवास पुगेको बताइएको छ । यसैबीच, सरकारले संसद् अधिवेशन आह्वान गर्ने तयारी पनि गरेको छ...

हात्तीगौँडामा प्रधानमन्त्री ओली–नेपाल भेटवार्ता जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच हात्तीगौडास्थित एक व्यवसायीको घरमा जारी छ । प्रधानमन्त्री केहीबेरअघि त्यहाँ पुगेका हुन् । उनी पुग्नुअघि नै नेता नेपाल संवादका लागि हात्तीगौडा पुगेको सुरक्षा स्रोतले जानकारी दियो । आजै बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपालसहतिका चार नेतालाई गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको...

बालुवाटारमा ओली- प्रचण्ड वार्ता शुरू

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच  भेटवार्ता  जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता जारी रहेको पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।  प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको शक्ति संर्घषका कारण पार्टी विभाजनको अ...

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शितल निवासमा

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता जारी रहेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकरीले जानकारी दिए।  अधिकारीका अनुसार प्रधानमन्त्री ओली विहान ११ बजे राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेको र अझै छलफल ...

प्रधानमन्त्री ओली र दाहालबीच भेटवार्ता जारी

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भइरहेको छ। प्रधानमन्त्री निवास वालुवाटारमा बिहान ८ बजेदेखि वार्ता भइरहेको हो। वार्तामा पार्टी एकताका विषयमा छलफल भइरहेको छ।

उपेन्द्र यादव प्रधानमन्त्री ओली र प्रचण्डसँग बालुवाटारमा छलफल गर्दै

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता जारी छ। मन्त्रिपरिषद् विस्तार गर्ने गरि अन्तिम चरणको छलफल भैरहेका बेला एमाले र माओवादीले फोरमलाई पनि छलफलमा सहभागि गराएका हुन्। फोरमलाई सरकारमा सहभागि गराउन बाम गठबन्धनले सुरुवातदेखि नै पहल गर्दे आएको थियो। तर संविधान…