नयाँ बसपार्क निर्माणमा ढिलाइ

जिल्ला सदरमुकाम तानसेनको नयाँ बसपार्क निर्माणमा ढिलाइ भएको छ । १० महिनाअघि तानसेनस्थित वनदेवीमा बसपार्क बनाउन सुरु गरिए पनि निर्माणको कामले गति लिन सकेको छैन । नगर विकास कोषको ७० प्रतिशत ऋण सहयोग र नगरपालिकाको ३० प्रतिशत आफ्नै स्रोतमा वनदेवीमा नयाँ बसपार्क बनाउन सुरु गरिए पनि काममा ढिलाइ भएको छ । नयाँ बसपार्क निर्माणका लागि १८ करोड ३२ लाखमा ठेक्का सम्झौता भएको छ ।

सम्बन्धित सामग्री

सरकारले भुक्तानी नदिँदा बसपार्क निर्माण ढिलाइ

पर्वतको कुस्मा नगरपालिका–६, बान्द्रेविढी चौरमा निर्माणाधीन कुस्मा बसपार्कको काम निर्माणमा ढिलाइ भइरहेको छ। बजेट अभावकै कारण तोकिएको समयभित्र निर्माण गर्न कठिनाइ भएको निर्माण कम्पनीले बताएको छ। निर्माण कम्पनीले आयोजनाबाट समयमा रकम पाउन नसकेपछि निर्माण सम्झौताको म्याद थपिने भएको छ। असोज १५ भित्र सम्पन्न गरिसक्नुपर्ने भनी निर्माण कम्पनीले एक वर्षअघि सात करोड १५ लाख लागतको बसपार्क निर्माणको सम्झौता गरेको थियो।

सीटी बसपार्क निर्माणमा ढिलाइ

वीरेन्द्रनगर सिटी बसपार्कको निर्माणमा ढिलाइ हुने भएको छ । निर्माण सम्झौतको समयावधि आगामी असारमा सकिने भए पनि काम अधुरै रहेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।