तारा एयर दुर्घटना अपडेट : भेटियो सबै यात्रुको शव

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ । फेला परेका शवमध्ये १० वटा शवलाई तल बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ । खराब मौसम र अप्ठ्यारो भूगोलमा उद्धारकर्ताले शव बोकेर झार्नुपर्ने भएकोले समस्या देखिएको छ । शवहरू भीरमा छरिएकाले सङ्कलन गर्न समस्या भएको […]

सम्बन्धित सामग्री

तारा एयर दुर्घटना : सबै शव संकलन, भेटियो सीभीआर पनि

काठमाडौं : तारा एयर दुर्घटनामा परी मृत्यु भएका बाँकी १२ जना यात्रुको शव संकलन भएको छ। यतिखेर बाँकी शव लिनका लागि काठमाडौंबाट गएको नेपाली सेनाको एमआइ-१७ हेलिकोप्टर भने मौसमी प्रतिकूलताका कारण आँबुखैरेनीमा अवतरण गराइएको छ। पोखराबाट जोमसोमका लागि उडेको ताराको ट्वीनअटर जहाज आइतवार मुस्ताङको थसाङस्थित सानोसरे भीरमा दुर्घटनामा परेको थियो।…

तारा एयर दुर्घटना : हराइरहेको एउटा शव पनि भेटियो

तारा एयरको विमान दुर्घटनामा हराइरहेको एउटा शव पनि फेला परेको छ । मुस्ताङमा आइतबार भएको विमान दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो । सोमबारसम्म २१ जनाको शव भेटिएकोमा मंगलबार बिहान थप १ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी रामकुमार दानीले रातोपाटीलाई बताए ।‘खोँचमा अड्किरहेको अवस्थामा बाँकी शव फेला परेको छ,’ उनले भने । दानीका अनुसार थासाङ–२ को सानसुरेमा रहेको घटनास्थलबाट १० वटा शव कोबाङ ल्याइएको छ । खराब मौसमका कारण समाचार तयार पार्दासम्म २ वटा शव घटनास्थलमा नै

तारा एयर दुर्घटना : २१ को शव भेटियो

तारा एयरको जहाज दुर्घटनामा ज्यान गुमाएकामध्ये १० यात्रुको शव काठमाडौं पुर्‍याइएको छ । २२ यात्रुमध्ये एक जना अझै भेटिएका छैनन् । खोंचमा देखिएको एउटा शव उद्धार गर्न नसकिएको मुस्ताङ प्रशासनले जनाएको छ । उद्धार गरिएका अन्य १० शव खराब मौसमका कारण सोमबार घटनास्थलमै राखिएको छ ।

तारा एयर दुर्घटना: अहिलेसम्म करिब १६ शव भेटियो

पोखरा । तारा एयर विमान दुर्घटनामा परेकामध्ये अहिलेसम्म करिब १६ जनाको शव फेला परेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले हालसम्म १६ वटा शव संकलन भइसकेको र अन्यको खोज्ने काम जारी रहेको हिमाल पे्रसलाई बताए । सबैको शव संकलनसँगै मुचुल्का तयार पारेपछि हेलिकोप्टरमार्फत् उद्धार गरिनेछ । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा […] The post तारा एयर दुर्घटना: अहिलेसम्म करिब १६ शव भेटियो appeared first on राजधानी राष्ट्रिय दैनिक.