तारा एयर दुर्घटना : सबै शव संकलन, भेटियो सीभीआर पनि

काठमाडौं : तारा एयर दुर्घटनामा परी मृत्यु भएका बाँकी १२ जना यात्रुको शव संकलन भएको छ। यतिखेर बाँकी शव लिनका लागि काठमाडौंबाट गएको नेपाली सेनाको एमआइ-१७ हेलिकोप्टर भने मौसमी प्रतिकूलताका कारण आँबुखैरेनीमा अवतरण गराइएको छ। पोखराबाट जोमसोमका लागि उडेको ताराको ट्वीनअटर जहाज आइतवार मुस्ताङको थसाङस्थित सानोसरे भीरमा दुर्घटनामा परेको थियो।…

सम्बन्धित सामग्री

तारा एयर दुर्घटना : यात्रुको शव संकलनमा यसरी खटिएका थिए सेना

काठमाडौं : आइतवार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थवाङ गाउँपालिका वडा २ मा पर्ने सानोसरे भीरमा दुर्घटनामा पर्‍यो। चालक दलका सदस्यसहित २२ जना सवार विमान दुर्घटनास्थल भोलिपल्ट बिहानमात्रै पत्ता लाग्यो। त्यसपछि नेपाली सेना यात्रुको खोजीमा लाग्यो। भिर र खोंचमा खसेका यात्रुको शव संकलन मुश्किल थियो। केही शव…

तारा एयर दुर्घटना: विमान दुर्घटनाका बाँकी शव संकलन

मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा पर्ने सानोसरे भीरमा विमान दुर्घटनामा सबै मृतकहरुको शव संकलन भएको छ ।

तारा एयर दुर्घटना: अहिलेसम्म करिब १६ शव भेटियो

पोखरा । तारा एयर विमान दुर्घटनामा परेकामध्ये अहिलेसम्म करिब १६ जनाको शव फेला परेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले हालसम्म १६ वटा शव संकलन भइसकेको र अन्यको खोज्ने काम जारी रहेको हिमाल पे्रसलाई बताए । सबैको शव संकलनसँगै मुचुल्का तयार पारेपछि हेलिकोप्टरमार्फत् उद्धार गरिनेछ । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा […] The post तारा एयर दुर्घटना: अहिलेसम्म करिब १६ शव भेटियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

तारा एयर दुर्घटना : उद्धारका लागि तीनवटा हेलिकोप्टर परिचालन

काठमाडौं । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज दुर्घटनास्थलबाट शव संकलन कार्य जारी छ । सो स्थानमा उद्धारका लागि सिम्रिक,फिस्टेल र कैलाश गरी तीनवटा हेलिकोप्टर परिचालन गरिएको छ ।  मुस्ताङको थासाङ गाउँपालिका वडा नंम्बर २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान जहाज भेटिएको...

तारा एयर दुर्घटना : अधिकांश शव चिन्न नसकिने अवस्थामा

काठमाडौं । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज दुर्घटनास्थलबाट शव संकलन कार्य सुरु गरिएको छ । घटनास्थलमा सेना र प्रहरीको टोली पुगेको छ । टोलीले शव संकलनको कार्य गरिरहेको छ । भेटिएका शवहरु चिन्न नसकिने प्रकृतिका रहेको घटनास्थलमा रहेका सुरक्षा अधिकारीले बताए ।  मुस्ताङको थासाङ गाउँपालिका वडा...