रौतहट प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । चोरीको मोटरसाइकल चलाइरहेको अवस्थामा सर्लाही हरिवन नगरपालिका–१ भुटकुनी टोलका २० वर्षीय मुकेश साह र रौतहट माधवनारायण नगरपालिका–१ दिपही टोलका २७ वर्षीय शिवचन्दन प्रसादलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगहपुरले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।