सवारी दुर्घटनामा परि मकवानपुरमा एक वर्षमा ७० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुरका विभिन्न स्थानमा भएको दुर्घटनामा परि गत आर्थिक वर्ष २०७८/०७९ मा ७० जनाले ज्यान गुमाएका हुन् ।कार्यालयका अनुसार सवारी दुर्घटनाका कारण गत आर्थिक वर्ष २०७८/०७९ मा ६३ पुरुष, चार महिला, एक बालक र एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा बढी गत जेठमा रहेको छ भने भदौमा सबैभन्दा कम रहेको छ । गत जेठमा भएको ३४ वटा दुर्घटनामा १३ जनाले ज्या